दुई उच्च माविमा अनेरास्ववियुको कमिटी गठन

akhilइलाम : अनेरास्ववियुले विभिन्न शैक्षिक संस्थामा कमिटी गठन पुनः गठन तथा रचनात्मक गतिविधिलाई तीब्रता दिएको छ ।

देउमाइ नगरपालिकास्थित सुर्योदय शिक्षा सदन उच्च माध्यमिक विद्यालय र भानुभक्त उच्च मावि मंगलबारेमा अनेरास्ववियुको उच्च मावि प्ररम्भिक कमिटी पुनःगठन भएको छ ।

सुर्योदय शिक्षा सदनमा विष्णु ढकालको अध्यक्षतामा र सचिन राई, सचिव मिना अधिकारी, सहसचिवत्रयमा गोमा बर्देवा, नम्रता सापकोटा, रुबिना राना कोषाध्यक्षमा अनिल अधिकारी र सदस्यहरुमा निशा कटुवाल, संगिता राई, विपिन ढकाल, सहित २१ सदस्यिय कमिटी निर्माण भएको छ ।

भानुभक्त उच्च माविमा अध्यक्ष पवित्रा बर्देवा, उपाध्यक्ष हिमाल चापागाई, सचिव दिपक खतिवडा, सहसचिवत्रयमा अस्मि अधिकारी, माया फुएल, पवित्रा लिम्बु कोषाध्यक्षमा शुदर्शन चापागाई र सदस्यहरुमा जुनु राई, मुना बास्तोला, सिजृना राई, विनिसा राया लागायत ३७ सदस्यिय कमिटी गठन भएको छ ।

कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी कार्यालय सचिव विमल घिमिरेको प्रमुख आतिथ्यता र क्षेत्र नम्बर २ का इञ्चार्ज खेमसागर खनालको विशेष आतिथ्यता र सचिवालय सदस्य विकास राय, जिल्ला कमिटी सदस्य दिपक पराजुली र मंगलबारे बहुमुखि क्याम्पसका सचिव उर्वशी लिम्बुको आतिथ्यता सम्पन्न भएको हो ।

यस्तै अनेरास्ववियु गरुवा बहुमुखि क्याम्पस कमिटीले सारक्षरता दिवसको अवसर पारेर अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । पाँचवटा विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा भगवती मावि महमाई प्रथम, न्यु लाइट बोर्डिङ स्कुल दानाबारी द्वीतिय र लक्ष्मी आदर्श मावि तृतिय तथा नेपाल एकाडेमी दानाबारी र कनकाई मावि दानाबारीले बराबरी अंकको साथ सान्तवना स्थान प्राप्त गर्न सफल भए ।

गरुवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष पम्फा राईको अध्यक्षता, इलाम जिल्ला कमिटी अध्यक्ष इश्वरी तामाङ्गको प्रमुख आतिथ्यता र अनेरास्ववियु जिल्ला कमिटीका सदस्यद्वय नेत्र भट्टराई, गोपाल आचार्य, क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीका सदस्य विभुषण भट्टराई र पुर्व सदस्य पुष्प खनाल विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार