छतबाट खसेर मलेसियामा यादवको मृत्यु

राजविराज : १० महिना अघि मात्र रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ ।

मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथि छतबाट खसेर मृत्यु भएको राजविराजस्थित सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले बताए ।

यादव गत असोजमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।

यसैबीच मलेसियामा मृत्यु भएका यादवको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव नेपाल ल्याइदिनका लागि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार