राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी

राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी

काठमडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाधा अड्काउ फुकाउको आदेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी बाधाा अड्काृ फुकाउ आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को साउन ९ गतेको सिफारिसअनुसार संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गरेको विज्ञप्तीमा जनाएको छ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति भानिएको छ ।’मिति २०७३ साल श्रावण १० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ मा संक्रमणकालीन मन्त्रिपरिषद्‌सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्थाबमोजिम व्यवस्थापिका(संसदबाट वर्तमान प्रधानमन्त्री निर्वाचित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकोमा धारा २९८ को उपधारा ९८० बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनु भएको तर अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था उक्त धारामा नरहेको कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० वा ९३० बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिनेू गरी मन्त्रिपरिषद्को मिति २०७३र४र९ को सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको छ। ”
राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ आदेशलाई व्यवस्थापिका–संसद समक्ष अनुमोदनका लागि पेश गर्नुपर्ने छ। संसदले अनुमोदन गरेपछि मात्र बाधा अड्काउको आदेश कार्यान्वयन हुने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार