नयाँ बुलन्द
माइपोखरी : इलामको माइपोखरीमा चार दिने प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ गाँउ समन्वय परिषद माइपोखरी इलामको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । तालिममा स्थानीय स्तरका २५ जनाको सहभागीता रहेका थियो । तालिमको सहजिकरण नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष राजु राई र पूर्व अध्यक्ष किरण सुनुवारले गरेका थिए ।
गाउँ समन्वय परिषद् माइपोखरीका अध्यक्ष देउ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम माइपोरखरी सामूदायिक सूचना केन्द्रको भवनमा सम्पन्न भएको थियो ।
त्यस्तै सोही कार्यक्रमको अवसरमा राजबहादुर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सहित नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् माइपोखरीको तेस्रो ऐतिहासिक गाउँ अधिवेशन पनि सम्पन्न भएको छ । उक्त अधिवेशनले उपाध्यक्षमा जीवन मुखिया, सचिवमा अनिता गुरुङ्ग, सह-सचिवमा पुनम तामाङ्ग र कोषाध्यक्षमा लोकेन्द्र सोङमीलाई निर्वाचित गरेको हो ।


















































