लुम्देमा बालअधिकार सम्बन्धी अभिमुखीकरण 

balbalika lumde (6)

 

नयाँ बुलन्द

लुम्दे : बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार इलामको लुम्देमा भएको छ ।

गाउँ विकास समितिको आयोजना र मानव अधिकार सञ्च नेपाल इलामको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गाविस स्तरीय बाल सञ्जाल र विभिन्न बालक्लबका गरी १९ जना बालबालिकाका सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिका, बालअधिकार र बालमैत्री स्थानीय शासन लगायतको विषयमा मानव अधिकार मञ्च नेपालका स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम संयोजक राम योङ्हाङले सहजीकरण गरेका थिए ।

बालसञ्जालकी उपाध्यक्ष अन्जना गजमेरको अध्यक्षतामा भएको कार्यक्रम सजकर्ता योङ्हाङ, गाविस सचिव लेकबहादुर नेम्बाङ, सामाजिक परिचालक कविता लिम्बू, र सहभागीको तर्फाट बालिका निष्ठा खनालले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्जालकी सहसचिव रोमिका लिम्बू र स्वागत कोषाध्यक्ष हुकुम त्रिखत्रीले गरेका थिए ।

त्यस्तै सोही कार्यक्रमको अवसरमा जिल्ला बाल भेलाका लागि बाल सञ्जालका तीन जना प्रतिनीधि छनौट गरिएको छ । बालक दिवस दाहाल तथा बालिकाहरु अन्जता गजमेर र मनिता दर्लामी छनौट भएका हुन् । जिल्ला बाल सञ्जालका लागि आगामी असार १७ र १८ गते इलाममा जिल्ला बाल भेलाको तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार