आगलागीले एक हजार ४०० हेक्टर वन सखाप

नयाँ बुलन्द

इलाम : सुख्खा खडेरीका कारण यो वर्ष यहाँका ४४ वटा वनमा डढेलो लाग्दा एक हजार चार सय हेक्टर वन क्षेत्र सखाप भएको छ । जिल्ला वन कार्यालय झापाका अनुसार यीमध्ये चुरे क्षेत्रका वनमा सबैभन्दा धेरै
आगलागी भएको हो ।

विष्णेटार इलाका वन कार्यालयअन्तर्गत महमाई, चुलाचुली इलाका वन कार्यालय अन्तर्गतको चुलाचुली, लक्ष्मीपुर इलाका वन कार्यालय चिसापानी, दानाबारीको शीतली, गुनमुने सामुदायिक वनमा डढेलो लागेको हो ।

त्यस्तै, हाँसपोखरी इलाका वन black-forest-fire-coloradoकार्यालयअन्तर्गत तीनतले सामुदायिक वन, नमुना सामुदायिक वन, हडियाचुली सामुदायिक वन, सलकपुर इलाका वन कार्यालयको जिर्मले, इरौँटार लगायतका सामुदायिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।

बर्सेनि डढेलो लाग्ने क्रम बढ्दै गए पनि सम्बन्धित निकायले डढेलो नियन्त्रणका लागि पूर्वतयारी खासै नगरेको पाइएको छ । डढेलो नियन्त्रणका सामग्री खरिद गर्न र डढेलो नियन्त्रणसम्बन्धी जनचेतना फैलाउन वन कार्यालयले चालु आर्थिक वर्षका लागि रु एक लाख ५० हजार विनियोजन गरेको थियो ।

यति धेरै वनमा डढेलो लाग्नुमा मानवीय कारण नै मुख्य भएको विश्वास गरिएको छ । आगो लगाए राम्ररी घाँस पलाउने विश्वासका साथ कतिपय स्थानमा स्थानीयवासीले नै वनमा आगो लगाउने गरेका छन् । चुरे क्षेत्रमा भने बहुमूल्य प्रजातिको रूख पाइने भएकाले त्यसलाई सुकाउन पनि डढेलो लगाउने चलन छ ।

“वनमा आफैँ आगो लाग्ने सम्भावना पाँच प्रतिशत पनि हुँदैन,” सहायक वन अधिकृत सिंहले भन्नुभयो, “मानवीय कारणले धेरै वनमा डढेलो लाग्ने गरेको छ ।” स्थानीयवासीले नै सामुदायिक वनमा आगो लगाउने गरेको भए पनि अहिलेसम्म त्यस्तो काममा संलग्नलाई कारबाही भएको पाइँदैन । वनमा डढेलोे लगाउनेलाई बिगोअनुसार जरिवाना र छ महिनादेखि १० वर्षसम्म कैदको व्यवस्था छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार