माईपोखरीमा प्रस्तावना लेखन तालिम

नयाँ बुलन्द

माईपोखरी : प्रस्तावना लेखन सम्बन्धी तीन दिने तालिम इलामको माईपोखरीमा सम्पन्न भएको छ ।

महिला सञ्जाल समिति माईपोखरीको आयोजनामा भएको तालिममा वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका सहित प्रतिनीधिमूलक रुपमा ३२ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई परामर्शदाता गोपाल पौड्यालले सहजीकरण गरेका थिए ।

आयोजक समितिकी अध्यक्ष कुसुम राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहजकर्ता पौड्याल सहित सहभागिका तर्फबाट निर्मला राई, नागरि सचेतना केन्द्रका अभिषेका राई लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार