‘चङ्गा चेट’ले रिलिज गर्‍यो शीर्ष गीत (भिडियो)

झापा : शुक्रवारबाट रिलिजको हुने फिल्म ‘चङ्गा चेट’ को शीर्ष गीत रिलिज भएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको छ । डार्क कमेडी बताइएको फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । प्रदीप भारद्वाजले लेखेको फिल्ममा निरज कँडेलको छायांकन रहेको छ भने सम्पादनमा दिर्घ खड्का छन् । फिल्ममा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका छ।

भिडियो :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार