कतारमा तीज विशेष वृहत साँस्कृतिक कार्यक्रम

कतार : इलाम सेवा समाज दोहा-कतारले शुक्रबार मुईदर, दोहा कतारमा तीज विशेष वृहत पारिवारिक भेटघाट तथा साँस्कृतिक कार्यक्रम गरी नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज मनाईएको छ ।

दोहास्थित नाङ्लो रेष्टुरेण्टमा आयोजित कार्यक्रममा इलाम सेवा समाज दोहा कतारका सक्रिय कलाकारहरु नृत्यमा लिना आचार्य, तारा न्यौपाने, गायनमा राम शेर्मा, संगम लिम्बु, अतिथी गायनमा हुतराज राई, आशा राई तथा गैर आवासीय नेपाली तारा २०११ का वरिष्ठ गायक इलामेली गायक दिनेश नेम्बाङ्गको लगायतको प्रतुती रहेको थियो ।

कार्यक्रमलाई प्रभावकारी बनाउन इलाम सेवा समाज दोहा कतारको ऐतिहासिक पृष्ठभुमी र औचित्य, इलाम सेवा समाजको वर्तमान र भविष्य, इलामको आन्तरिक पर्यटनमा हाम्रो भुमिका तथा मानव जिवन सुन्दर तथा सकारात्मक सोच जस्ता अत्यन्तै प्रभावकारी तथा महत्वपुर्ण विषयवस्तुहरुका इलाम सेवा समाजका सल्लाहकार संयोजक धनबहादुर विश्वकर्मा, सेवा समाजका सल्लाहकार प्रेम सागर सुवेदी, सेवा समाजका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोपाल न्यौपाने तथा सेवा समाजका कोषाध्यक्ष तोरण बस्नेतले सहजीकरण सहितको मन्तव्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कुमार न्यौपानेको लेखन तथा ज्ञानेन्द्र रसाइलीको निर्देशन एवम् सिम्रान आचार्य, श्याम घिमिरे, सौगात लिम्बु, दाडोमा शेर्पा र सन्दिप सुर्खालीद्धारा अभिनित सन्देशमुलक नाटक पनि प्रस्तुत गरिएको थियो ।

संस्थाका महासचिव ज्ञानेन्द्र रसाइली र सचिव मनकुमार योङ्गहाङले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा संस्थाकी द्वितीय उपाध्यक्ष सिम्रान आचार्यले स्वागत गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता इलाम सेवा समाज दोहा कतारका अध्यक्ष सन्तोष वान्तवा राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार