
नयाँ बुलन्द
पाँचथर : जंगली च्याउ खाएर पाँचथरमा एक सातामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा पाँचथर थर्पु ६ दारिम्बामाकी चन्द्र माँया माबोकी ११ वर्षिय छोरी एलिजा,आङना १ बस्ने बिरेन्द्र माङलाकको छोरी १३ वर्षिय कबिता र उनकी श्रीमती ४५ वर्षिय पदम माँया माङलाक उनकी छोरी सोनि, र छिमेकी मनकुमारी माङलाक रहेका छन् ।
आङना,थर्पु,कुरुम्बा र याङनाम गाविसमा गरी १० जना सिकिस्त विरामी भई विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । पानी परेपछि जंगलमा उम्रने च्याऊ ल्याएर पकाएर खाँदा उनीहरुको मत्यु भएको प्रहरीले जनाएको छ । यसरी जंगलको च्याऊले मानिसको ज्यान गइरहेको हुँदा जंगली च्याऊ सेवन नगर्न सर्वसाधरणलाई प्रहरीले आग्रह समेत गरेको छ ।


















































