
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र स्विस फ्रैन्कको भाउ घटेको छ । अष्ट्रेलियन डलर र युरोको भाउ भने बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थियो ।
आज पाउण्ड स्टर्लिङको भाउ घटेको छ । आज पाउण्ड स्टर्लिङको एकको खरिददर २०६ रुपैयाँ ४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा छ । हिजो पाउण्ड स्टर्लिङको एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा थियो ।
आज स्विस फ्रैन्कको मूल्य पनि घटेको छ । आज स्विस फ्रैन्क एकको खरिदर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकिएको छ । हिजो स्विस फ्रैन्क एकको खरिदर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा तोकिएको थियो ।
अष्ट्रेलियन डलरको भाउ भने आज पनि बढेको छ । अष्ट्रेलियन डलरको एकको खरिददर आज १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा छ । हिजो अष्ट्रेलियन डलरको एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा थियो ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।
हेर्नुहोस् आजको विनिमय दर–



















































