ढुंगा प्रहारबाट पाँचथरका एक पुरुषको मृत्यु, शंकास्पद व्यक्ति नियन्त्रणमा

  नयाँ बुलन्द
231 Shares

साँकेतिक फोटो

पाँचथरः हिलिहाङ गाउँपालिका ७ मा ढुंगाले प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ।

सोही गाउँपालिका ६ बस्ने करिब ५२ वर्षीय धनप्रसाद यावाको उक्त घटनामा ज्यान गएको हो। घटनासँग सम्बन्धित शंकास्पद व्यक्तिका रूपमा हिलिहाङ गाउँपालिका ७ नम्बर वडाका करिब ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार