पवित्रहाङमा गोल्डकप : दारिम्बा फुटबल क्लब सेमिफाइनलमा (भिडियो/तस्बिरसहित)

  राम योङहाङ
70 Shares

इलाम : पाँचथरको दारिम्बा फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ ।

आज (सोमबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको खेलमा ओखलढुङ्गाको पद्मा स्पोर्ट्स क्लबलाई २-० को सहज जितमा दारिम्बा सेमिफाइनल प्रवेश गरेको हो ।

दारिम्बाको जितमा दुवै गोल वर्षा ओलीले गरिन् । खेलको ३८ औं मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाएकी ओलीले ५९ ‍औं मिनेटमा दोस्रो गोल गर्दै २-० को जित दिलाइन् ।

प्लेयर अफ दी म्याच समेत घोषित ओलीले नगद रु ३ हजार ५ सय ७० प्राप्त गरिन् ।

मङ्गबार इलामको जनता सेभेन स्पोर्ट्स क्बल र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजक आत्मापवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

प्रतियोगिताका विजेता टिमले नगद रु. तीन लाख ७० रुपैयाँसहित ट्रफी एवम् उपविजेता टिमले नगद रु. दुई लाख ७० रुपैयाँसहित ट्रफि पाउनेछ । प्रतियोगिताको फाइनल फागुन २ गते हुनेछ ।

स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी पवित्रहाङमा साँवा (लिङदेन) को ७० औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल र भारतका गरी ८ महिला टोलिको सहभागिता रहेको छ ।

भिडियो :

तस्बिरहरु :

\

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार