माङसेबुङ गाउँपालिकाद्वारा विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान (तस्बिरहरु)

  नयाँ बुलन्द
392 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान गरेको छ ।

विभिन्न क्षेत्रबाट माङसेबुङको विकासमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई बुधबार माङसेबुङ गाउँपालिकामा आयोजित गाउँसभाको १७ औं अधिवेशन समापनको अवसरमा १५ हजार नगदसहित सम्मान गरेको हो ।

गाउँपालिकाले उत्कृष्ट कर्मचारी, शिक्षक, लेखा कर्मचारी, स्वास्थ्यकर्मी, खेलाडी र विद्यार्थीलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा कर्मचारीतर्फ २ नं. वडा सचिव हेमसागर घिमिरे, सबइन्जिनियर चिरञ्जीवि खत्री, कृषि प्राविधिक निरुपा राई, हलुका सवारी चालक टेकबहादुर बस्नेत, गाउँपालिकाका कार्यालय सहयोगी डकबहादुर जोशी र १ नं. वडाका कार्यालय सहयोगी राजेन्द्र राई रहेका छन् ।

शिक्षकतर्फ इभाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक पम्फा पुलामी र सरस्वती आधारभूत विद्यालयका शिक्षक आसिक सेर्मा एवम् विद्यालय लेखा कर्मचारीतर्फ महेन्द्रोदय माविका तुलसीप्रसाद भट्टराई सम्मानित भएका छन् ।

त्यस्तै स्वास्थ्यकर्मीतर्फ गजुरमुखी स्वास्थ्य चौकी इन्चार्ज ममता राई र आत्मानन्द स्वास्थ्य इकाइकी अनमी राधा राई सम्मानित भएका छन् ।

खेलाडीतर्फ गएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिलातर्फ ३००० मिटर दौडमा कोशी प्रदेश प्रथम भएकी पुष्पा सेर्मा सम्मानित भएका छन् ।

त्यसैगरी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा माङसेबुङ गाउँपालिका प्रथम छात्रतर्फ चिसोपानी माध्यमिक विद्यालयका मौसम लिम्बू र छात्रातर्फ दुर्गा माविकी निशाम लिम्बू सम्मानित भएका छन् ।

उनीहरुलाई माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडालगायतले दोसल्ला, सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए ।

यसैगरी अधिकृत सातौं तहबाट आठौं तहमा बढुवा भएका शिक्षा अधिकृत बुद्धिप्रसाद खतिवडा र सहायक पाँचौ तहबाट अधिकृत छैठौं तहमा बढुवा भएका प्राविधिक सहायक युवराज खनाल, कम्प्युटर अपरेटर उमेश खत्री र  कमल चौहानलाई बढुवाको पत्र प्रदान गरिएको थियो ।

तस्बिरहरु :

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार