इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको भू-व्यवस्थापन, सहरी विकास र आवास व्यवस्था सम्बन्धी नीति तथा कार्यक्रम :
- भूमि व्यवस्थापन आयोगद्वारा संचालित कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न समन्वय र सहकार्य गरिनेछ।
- पुराना घरको अभिलेखिकरण तथा नयाँ घरको नक्शा पास अनिवार्य गरिने छ।
- भू-उपयोग राष्ट्रिय विकास नीति लागु गरि नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा भू-वर्गिकरणको लगत व्यवस्थित गरिनेछ ।
- सार्वजनिक तथा निजी भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता कडाईका साथ लागू गरिनेछ। साथै विद्युतीय घरनक्शा पास प्रणाली कार्यान्वयनमा ल्याइने छ।
- विपन्न नागरिक तथा दलित नगरवासीहरुको आवास सुधारका लागि सुधारका लागि विशेष नीति लिइनेछ।



















































