इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको मानव संशाधन विकास सम्बन्धी नीति तथा कार्यक्रम :
- नगरपालिकाको कर्मचारी सांगठनिक संरचना तयार पारि लागु भइसकेको हुँदा आगामीमा आ.व.मा सोहि संरचना अनुरुप सेवाप्रवाह चुस्त बनाइनेछ ।
- जनप्रतिनिधीहरु, न्यायिक समिति तथा मेलमिलाप समितिको क्षमता अभिवृद्धिका लागि आवश्यक नीति तय गरिनेछ।
- कर्मचारीहरुको बृहत्तर विकासका लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमण तथा असल अभ्यास सिकाईका लागि आवश्यक नीति लिइनेछ।



















































