
आ.व. २०८०/०८१ को जेष्ठ २८ गते सम्मको फाकफोकथुम गाउँपालिका वडा नं. ४ बाट सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन
परिचय
कोशी प्रदेशको सुन्दर जिल्ला पहाडकी रानी, नगदे वालीको खानी उपनामले परिचित इलामको पस्चिमी भुभागमा रहेको फाकफोकथुम गाउँपालिकामा रहेका ७ वटा वडाहरुमध्येको एक वडा यस वडा नं. ४ हो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको दक्षिण क्षेत्रमा यस ४ नं. वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साबिक फुएतप्पा गा.वि.स. का (१-९) सबै वडा मिलेर फाकफोकथुम गाउँपलिका वडा नं. ४ निर्माण भएको हो । यस वडा नं. ४ को क्षेत्रफल १८.९८ वर्ग कि. मी .,घरधुरी संख्या ८४६ रहेको वडामा २०७८ सालको जनगणना अनुसार यहाँको जनसंख्या ३३७५ जना रहेको छ । जसमा पुरुष जनसंख्या १६५२ र महिलाको जनसंख्या १७२३ ,लैङ्गिक अनुपात ९५.८८ परिवार सदस्य संख्या औषत ४.०१ रहेको छ । यस वडाको पूर्वमा फाकफोकथुम गाउँपालिकाको वडा नं. ७ , पश्चिममा पाँचथर मिक्लाजुङ गाउँपालिका , उत्तरमा गाउँपालिका केन्द्र तथा वडा नं. ३ रहेको छ । भने दक्षिणमा यसै पालिकाको वडा नं. ५ रहेको छ । पहाडी जिल्लाको रुपमा परिचित यो इलाम जिल्लाको फाकफोकथुम -४ पनि सबै भु-धरातल भिरालो रहेको कुरा तपाइहरु समक्ष सर्वबिदितै छ । यहाँका अधिकांश बासिन्दा कृषि तथा पशुपालन क्षेत्रमा आवद्ध छन । वडा कार्यलय भन्दा माथिको अधिकाशं जनसंख्या पशुपाललन तथा दुध जन्य तथा माशुजन्य उत्पादन मा निर्भर रहेका छन भने वडा कार्यलय भन्दा तलको भुभागका नागरिकहरु खाद्य तथा नगदे बाली उत्पान मा केन्द्रित छन । यस वडाका मुख्य उत्पाधन धान, मकै ,कोदो तथा दुध जन्य उत्पादन अन्तरगत दुध, छुर्पी पनिर, घिउ, तथा मासु जन्य उत्पादनमा खसी बाख्रा, हाँस कुखुरा ,बंगुर तथा निर्यात मा गाई गोरु लागयत छन । फाकफोकथुम ४ निवासी अधिकांशको जिवनस्तर मध्यम रहेको छ । विकासशील अवस्थामा रहेको वडा नं. ४ विकासको शिलशिलामा फड्को मार्ने अवस्थामा छ । फाकफोकथुम -४ मा धार्मिक तथा पर्यटकीय क्षेत्रमा जुरीथुम्की मन्दिर, छिर्गा गुम्बा, महिन्वा पोखरी, नाम्वेकुयक देवस्थल, लाङसुप सन्दादेन एप्मायु युमा मांहिम् सप्तमी बजार, वरबोटेमा रहेको पशुपाल कृषफर्म रहेको छ। साथै यस वडा र पाँचथरको मिक्लाजुङ गाउँपालिका सीमा क्षेत्रमा वेहुली ढुङ्गा समेत अवस्थित छ । यस वडामा सामुदायिक विद्यालय २ वटा माद्यमिक ५ वटा आधारभुत , एक निजि विद्यालय छन । यस वडामा ५ वटा सहकारी संस्थाहरुको सकृयताले यहाँ नागरिकहरुको सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्याएको छ । जसले फाकफोकथुम गाउँपालिकाको समग्र पर्यटनालाई नै प्रबर्द्धन गर्न सक्ने देखिन्छ ।
सेवा प्रवाह
फाकफोकथुम गाउँपालिका वडा नं. ४ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ
- सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको,
- सेवा ग्राहीको अवस्था हेरेर जेष्ठ नागरिक तथा अशहय एवम् अपाङ्गता भएका नागरिकहरुलाई प्राथमिक्ता मा राखेर सेवा प्रवाह गर्ने गरिएको छ,
- राजश्व प्रणाली, आम्दानी रसिद वा सेवा शुल्क दस्तुरलाई कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिएको, र आगामी आ.व. देखि मालपोत दस्तुरलाई समेत कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिने ।
- योजना सम्झौतासँग सम्बन्धित काम गाउँपालिका वाट भए पनि वडा मार्फत ९० प्रतिशत योजना वडा कार्यलय बाटै गरिएको,
- सेवाग्राहीलाई सेवा लिदा आवश्यक पर्ने सम्पूर्ण कागजातका फोटोकपी र योजनासँग सम्बन्धित कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
- कामको शिलशिलामा जिल्ला सदरमुकाम वा अन्य कुनै पनि निकायमा पुगेर अन्य प्रमाणित कागजात आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सरल बनाइने गरिएको ।
- उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगाबै र कार्यलय तथा सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गरिएको तथा वडा समितिको पदाधिकारी को रहोवरमा समिति गठन गर्ने गरिएको छ ।
- सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर मार्फत यस वडामा रहेका ७ वटै बिद्यालय २ टोल गरी ९ स्थानमा केन्द्र निर्धारण गरि संचालन गरेको ,केही पुर्ण अपाङ्गता भएका नागरिकको घर दैलोमै पुगेर नविकरण फारम भरिएको छुट भएका नागिकहरुलाई निर्धारित समय सम्म वडामा बाट नविकरण गरिएको ।
- महामारी जन्य रोग ,वालवालिका संक्रमित हुने बिभिन्न प्रकारका रोग विरुद्धको खोप तथा पशुको विभिन्न हाल (लम्पी स्किन,खोरेत)रोग विरुद्ध खोप सञ्चालनमा रहेको
- सामाजिक सुरक्षा भत्ता रविमा रहेको हिमालयन बैङक मार्फत विरण भएपनी देश भरमा रहेको तोकिएको बैंक बाट भुक्तानी गर्न सकिने ।
- सम्पूर्ण योजनाको कामको प्रत्यक्ष निगरानी प्राविधिकबाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट र पाँच लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनिवार्य अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिएको ।
यस वर्षमा देखिएका हालसम्म भएको कार्य प्रगतिहरु
- जग्गाको वर्गीकरण कार्य तथा वडा नं. ४ मा खनिएका मोटर बाटोको नामाङ्कन( सोहि आधारमा राजश्व संकलन)
- अल वेदर गाउँपालिका तथा जिल्ला सदरमुकाम सवारी आवागमन गर्न सकीने स्थिति
- महामारी जन्य रोग रोगथामका लागी गरिएको पशु भ्याक्सिन कार्यक्रम
- गुरुङखोला देखि मुगे खोला सम्म सडक स्तर उन्नति भएको ,जोखिम युक्त स्थानमा पक्की नालीको काम धमाधम भइरहेको
- गुरुङ खोला महिम्बा गौरी गाउँ सिंचाई कुलो निर्माण सम्पन्न भएको ११५३ मिटर पक्की कुलो
- प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तरगत यस वर्ष मुल सडक भन्दा बाहिर गोरेटो बाटो निर्माण तथा सोलिङ ( डुङ्गाको सिडी ,खुर्किला) निर्माण कार्य संचालन
- सप्तमी बजार देखि सुरविर मगरको घर सम्म सडक विस्तार , स्तर उन्नती कार्य सम्पन्न
- १८ वटा गोठ सुधार तथा १० वटा मोटर सहितको च्यापकटर वितरण (वडा बजेट)
राजश्व आम्दानी विवरण (जेष्ठ २८ मसान्त सम्म)
वडा नं. ४
| क्र.सं. | शीर्षक | जम्मा |
| १. | नगदी रसिदबाट आम्दानी | ४,२०,३२०।- |
| २. | मालपोतबाट आम्दानी | २,६७,३६५।- |
| जम्मा | ६,८७,६५६।- |
अक्षरेपी छ लाख सतासी हजार छ सय छपन्न रुपैयाँ
व्यक्तिगत घटना दर्ता विवरण (जेष्ठ २८ मसान्त सम्म)
वडा नं. ४
| क्र.सं. | व्यक्तिगत घटना | पुरुप | महिला | जम्मा |
| १. | जन्मदर्ता | २४ | २९ | ५३ |
| २. | मृत्यु दर्ता | ११ | ०८ | १९ |
| ३. | विवाह दर्ता | ३३ जोडी | ३३ जोडी | |
| ४. | सम्बन्ध विच्छेद दर्ता | ८ जोडी | ८ जोडी | |
| ५. | बसाईँसराई आएको परिवार संख्या | ० | ||
| ६. | बसाईँसराई गएको परिवार संख्या | ११ परिवार ४४ सदस्य | ||
| 7 | सामाजिक सुरक्षा भत्ता लाभग्राही नयाँ दर्ता | जे. ना. ,जेष्ठ दलित, विधुवा, पुर्ण अपाङ्गता , दलित बालवालिका गरी जन्मा ४० जना थप | ||
| ८ | लगत कट्टा( मृत्यु,बसाईसराई) | १४ जना | ||
वडामा दर्ता भएको जम्मा पत्र (जेष्ठ २८ सम्म)
पत्र संख्या – दर्ता नं. १ देखी सम्म
दर्ता संख्या ८६३ सामाजिक सुरक्षा भत्ता नविकरण सहित
वडाबाट भएका सिफारिस(जेष्ठ २७ सम्म)
| क्र.सं. | शीर्षक | संख्या | |
| १ | गा.पा पठाइएको सिफारिस | ३१७ | |
| २ | मालपोत कार्यालय पठाइएको सिफारिस | ९६ | |
| ३ | जिल्ला प्रशासन कार्यालय,इलाका प्रशासन कार्यालय पठाइएको सिफारिस | सिफारिस नयाँ नगरिकता अनुसुची सहित – १०९
सिफारिस /प्रतिलिपि अनुसुची -५९ |
|
| ४ | अन्य सिफारिस | ४९७ | |
| ५ | ईमेल मार्फत विभिन्न कार्यलयमा पठाइएको विभिन्न सिफारिस वा पुष्ट्याई कागजात | ५६ | |
| ६ | जम्मा सिफारिस | ११३४ नागरिकता / प्रतिलिपि अनुसुची सहित | |
विकास निर्माण
फाकफोकथुम गाउँपालिका वडा नं. ४ को लागी विभिन्न निकायबाट विनियोजन भएको बजेट शीर्षकहरु-
गाउँपालिका तथा अन्य निकायबाट बिनियोजित योजना
गाउँपालिका बाट बिनियोजित योजना
वडा सिलिङबाट बिनियोजित योजना
(वडा कार्यालय , फूएतप्पा स्वास्थ्य चौकी, आमचोक प्रहरी चौकी ) ( चालु खर्च )प्रशासनिक खर्च जम्मा रु ८,१०,०००।– अक्षरेपी आठ लाख दश हजार रुपय
पुजिगत खर्च तर्फ
सामाजिक विकास तर्फ (सम्पन्न)
| क्र.सं. | योजनाको नाम | विनियोजित रकम रु हजारमा | कैफियत |
| १ | बालवालिका ( बालमैत्री कक्षा कोठा तथा अपाङ्गता सचेतना | ६० | सिंह देवी आ. वि. लाई प्रदान |
| २ | टोल बिकास संस्थाहरु संग विकास निर्माण लगानी साझेदारी | १०० | बजेट अभावको कारण कार्यान्वयन नभएको |
| ३ | आदिवासी –उद्घोषण कार्यक्रम | १०० | सम्पन्न( कम्प्युटर प्रशिक्षण तालिम प्रदान) |
| ४ | महिला संजाल –आयआर्जन मुलक कार्यक्रम | १०० | सम्पन्न |
| ५ | दलित समन्वय समितिको शौचालय निर्माण | १०० | सम्पन्न |
| ६ | खेलकुद विकास | १०० | सम्पन्न |
| ७ | विपत व्यवस्थापन तथा विद्युत मर्मत | १०० | कार्यान्वयन नभएको |
| ८ | घुम्ति शिविर संचालन कार्यक्रम | ७० | सम्पन्न |
| जम्मा | ७२० | ||
वातावरण तथा विपद व्यवस्थापन
| क्र.सं. | योजनाको नाम | विनियोजित रकम रु हजारमा | कैफियत |
| १ | बर्षातका कारण क्षतिग्रस्त सडक मर्मत संभार | ४०० | सम्पन्न |
कृषि तथा पशु तर्फ( आर्थिक विकास तर्फ)
| क्र.सं. | योजनाको नाम | विनियोजित रकम रु हजारमा | कैफियत |
| १ | गोठ तथा खोर सुधार |
८०० |
|
| २ | मोटर सहितको च्याप कटर | ||
| ३ | कृषक प्रोत्साहन( ३०% साझेदारी मा कागती विरुवा वितरण ) | २०० | साझेदारी रकम जम्मा नभएर कार्यक्रम संचालन हुन नसकेको |
| जम्मा | १००० | ||
पशुतर्फ पालिकाद्वारा संचालित केहि माहामरी रोकथामका लागि संचालित कार्यक्रम
विपद् र महामारीको अवस्थामा कृषक दाजुभाई तथा वडा वासी नगरिकहरुलाई स्थानीय तह वा स्थानीय सरकार रहेको प्रत्युभुति दिलाउने उदेश्यले वा समयमा उपचार नपाएर कृषकहरुको पशु चौपायमा कुनै प्रकारको हानी नोक्सानी तथा क्षति नहोषस भन्ने उदेश्यले गाउँपालिका को पशु शाखा तथा हाम्रो यस वडाका पशु( प्राविधिक) चिकित्सक श्री भगुराम बलम्पाली लाई मेरो व्यक्तिगत तर्फबाट तथा हाम्रो सस्थाको तर्फबाट हार्दिक आभारी रहदै विपतको घडिमा दिनु भएको योगदान प्रति सम्बन्धित शाखा तथा व्यक्तिहरलाई धन्यवाद दिदै यस वर्ष सम्पादन भएका कामहरु निम्न रहेको जानकारी गराउन चहान्छु ।
२३०० ठुला पशु १००० साना पशु लाई भ्यक्सिन लगाईएको जसमा
- १८०० पशुलाई खोरेत विरुद्ध
- ५०० पशुलाई लम्पी स्किन विरुद्ध
- १००० साना पशुलाई PPR भ्याक्सिन महामारी बिरुद्ध
नोट. यस आर्थिक वर्ष प्राविधिक कारणले वडा कार्यालयबाट पशुको औषधि वितरण नभएको जानकारी गराइन्छ ।
साथै प्रदेश सरकारको वितिय हस्तान्तरण कार्यक्रम अन्तरगत गाउँ पालिकाको मार्फत थामडाँडा पशुपालन सहकारी संस्था लि. द्वारा संचालित कार्यक्रममा पशु विकास तथा प्रवर्धनमा बिनियोजित रु ३०लाख बजेटबाट संचालन भएको कार्यक्रमबाट भएको कार्यहरुमा
(सबै कार्यक्रम निस्चित प्रतिशत साझेदारीमा २०-४०% सम्म)
- काउ म्याट बितरण ६७ थान
- मोटर सहितको च्यापकटर वितरण ११ थान
- प्रशोधत डेरी भवन निर्माण १
- गाई खरिद २ वटा
- गोठ सुधार (निर्माण) १६ वटा
संस्थागत सेवा प्रवाह र सुशासन
| क्र.सं. | योजनाको नाम | विनियोजित रकम रु हजारमा | कैफियत |
| १ | वडा कार्यालयको ल्यापटप खरिद( कम्प्युटर) | ९० | सम्पन्न |
|
पुर्वाधार विकास तर्फ
| क्र.सं. | योजनाको नाम | विनियोजित रकम रु हजारमा | कैफियत | ||
| १ | श्री सिंह देवी मा वि गेट निर्माण तथा ढल निकास | १७० | |||
| २ | साविक १ र ९ कुवा धारा मर्मत | १७० | |||
| ३ | प्रेम सागरको घरहुदै झाक्री खोला सडक मर्मत तथा पलुङ्बा खोल्सा ह्याम पाईप | २०० | |||
| ४ | मसान घाट बर भञ्ज्याङ सडक स्तर उन्नती | २०० | |||
| ५ | भोटे खोल्सी ट्याङ्की निर्माण तथा मगरघाट बाटो व्यवस्थापन | २२० | |||
| ६ | तिततिरे खोल्सी नाली तथा साविक ५ का खानेपानी मुहान संरक्षण | २०० | |||
| ७ | रण बहादुर मुखिया सिलपुरे गाउँ हुदै मुगेखोला सडक निर्मण | २०० | |||
| ८ | तामाङ्ग गाउँ खानेपानी तथा पञ्चकयुमारी सरस्वती देवस्तल व्यवस्थापन | २०० | |||
| ९ | जल कन्या आ. गेट निर्माण ,टहरा व्यवस्थापन वि. | १०० | |||
| १० | शुक्रराज थापाको घरछेउ खोल्सी, महिम्बा हुदै वडा कार्यलय सडक व्यवस्थापन | ३२० | |||
|
जम्मा | २३८० |
| नाम | रकम रु लाखमा | योजना समचालित स्थान |
| प्रधानमन्त्री रोजगार कार्यक्रम( नेपाल सरकार) | ५.८११६० | अन्तर्गत साविक वडा नं. ७,८,३,२,९ गोरेटो बाटो मर्मत (विभिन्न ७ स्थानमा गरी 5.8 कि.मी लम्बाई, १-१.५ कि.मी चेडाई, गोरेटो खन्ने,मर्मत साथै झाक्री खोला छेउ 250 मि. लम्बाई , १ मि चौडाई (सिढी) गोरेटो बाटो सोलिङ |
| प्रधानमन्त्री युवा स्वरोजगार (विश्व बैंक) | ४.६७८००, | वडा कार्यालय देखि थावाखोला सम्म नाली सरसफाई मुल सडक ( ६.५कि.मी ) |
यस वर्ष पुर्वाधारमा भएका केही प्रगतिहरु
- सडक सोलिङ मोटरबाटो ३५ मि
- ग्रावेल ६.५ कि.मी
- पक्की नाली १कि.मी लक्ष्य हाल सम्म ४५० मि. सम्पन्न बाकी निर्मणाधिन
सिंचाइ तर्फ
१. गुरुङ खोला गैरी गाउँ कुलो निर्माण/ मर्मत सम्पन्न
२. सोती बेसी, जाम कुलो मर्मत बजेट २० लाख काम संचालन भई रहेको बहु बर्षे योजना
सुशासन-
यस फाकफोकथुम गाउँपालिका वडा नं. ४ बाट प्रवाह हुने सवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाने प्रुयास नै यस वडा नं. ४ मा भएको सुशासनको थालनी हो । यस वडा नं. ४ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –
- जनसहभागितामूलक शासन व्यवस्थाको अभ्यास,
- नागरिक वडा पत्रको व्यवस्था,
- सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था,
- वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल रेडियो स्थानीय FM मार्फत सूचना प्रचारप्रसार गर्ने गरिएका,
- मालपोत कार्यालय बाट नयाँ तिन पुस्ते विवरण सहितको जग्गा विवरण तथा अभिलेख(डड्डा)
- नापी कार्यालय मंगलबारे बाट साविक फुएतप्पा गा.वि.स. का सम्पुर्ण वडाको २४ थान नक्सा राजश्व दाखिला सहित ल्याई कार्यलयको प्यासेजको दुबै तर्फ टाँस भएको जसले कार्यलयको कामकाजमा तथा सेवाग्राही दुबैमा कार्य सम्पादनमा सहजता
- जनउत्तरदायी सरकार सञ्चालनको प्रयास गरिएको,
- जवाफदेही शासन सञ्चालनको प्रयास भएको ।
- कार्यालय व्यवस्थापन तथा नागरिकप्रति जन उत्तरदायी हुन निरन्तर लागि परेको



















































