नयाँ बुलन्द
इलाम : इलामका १२ वर्षिया बलात्कृत बालिकाको परिवारलाई हेरचाह गरिदिन सम्बन्धित संघसस्थालाई स्थानियले माग गरेका छन् । जिल्लाको इलाम नगरपालिका वडा नं. ९ गोलाखर्क सेरामा बस्दै आएका सुर्यमान बस्नेतले आफ्नै छोरीलाई बलत्कार गरेका थिए । बलत्कारको अभियोगमा बस्नेत कारवाहीमा क्रममा पक्राऊ परी अदालतमा पुगेपछि परिवारको विचल्ली भएको बताइएको छ ।
ती १२ वर्षिया बालिका सहित अर्का सात वर्षिया छोरी , एक वर्षिय छोरा र आमाको विचल्ली भएको हो । आर्थिक अवस्था नाजुक भएकाले के खाने कसरी पठाउने भन्ने चिन्ताले आमालाई समस्या परेकाले परिवारको रेखदेख गरिदिन र पढाईदिन माग गरिएको स्थानिय पोखरी आधारभुत बिद्यालयका प्रधानाध्यापक हरी खनालले बताए ।
उनले भने , “अहिले ती बालबालिका तीनै जनालाई एउटै कक्षामा निःशुल्क भर्ना गरी पठनपाठन गराईरहेका छौँ । ” तर विगत लामो समयदेखि पिडित भई बस्नु परेकाले आमा तथा बालिकाद्धयलाई मनोपरामर्शदाता मार्फत उपचार गराउन समेत जरुरी रहेको प्रधानाध्यापक खनालले जानकारी गराए र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरेका छन् ।कमाएर ल्याउने कोही नभएकाले पिडित आमाले बुढोलाई छुटाइ पाऊ भन्ने गरेको समेत शिक्षिका कल्पना सापकोटाले बताईन ।
यता महिला तथा बालबालिका कार्यलय इलामकी अधिकृत राजकुमारी राईले भने ती बालबालिकाको हेरचाह र पढाईका लागी पहल गरीरहेको बताइन । अधिकृत राईका अनुसार यसका लागी लैङ्गिक हिँसा निवारण कोष र केन्द्रिय बाल कल्याण समिति काठमाण्डौँमा अपिल गरीसकेका छौँ । यो कार्यको पहल भइरहेको समेत जानकारी दिईन ।
बस्नेतले आफ्नै १२ वर्षिय छोरीलाई विगत लामो समय अघिदेखी निरन्तर बलत्कार गर्दै आइरहेको भए पनि घटना गोप्य बसेको बताइएको छ । जेठी छोरीलाई बलत्कार गरेको देखेपछि कान्छी छोरीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि घटना बाहिर आएको थियो । बस्नेतले आफ्नी श्रीमतीलाई समेत निरन्तर कुटपिट गर्ने गरेको श्रीमतीको भनाई छ । श्रीमतीले आफ्ना बालबच्चालाई स्कूलमा पढाई दिन माग गर्दै आएपछि नानीलाई पढाउन राखिएको र पढाउदा लेख्न नसकेपछि के छ समस्या भनेर हेर्दा मात्र कुटपिट भएको शिक्षिका सापकोटाले थाहा पाएको बताइन । कुटिएकी बालिकालाई अस्पताल भर्ना गरी विभिन्न संघसस्थाका व्यक्तिलाई बोलाएर प्रहरीमा खबर गरेको बताइएको छ ।
ताप्लेजुङ्ग सिरिजङघा गाउँपालिका वडा नं. २ आम्बेगुदिन घर भएका बस्नेतलाई गत जेठ पाँच गते पक्राऊ गरिएको हो । पक्राऊ पछि अदालतमा राखिएका बस्नेतले आफ्नै घरमा बारम्बार चकलेट विस्कुट ल्याउदै दिदै फकाएर बलत्कार गर्ने गरेको खुलेको छ ।इलामको इलाम सदरमुकाममा भएको महिला अधिकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी कानुन अधिकृत निर्मला गुरुङले महिला हिँसा गर्ने यस्ता व्यक्तिलाई कानुन अनुसार कारवाही हुने बताईन ।
राष्ट्रिय महिला आयोग काठमाण्डौको आयोजनामा भएको कार्यक्रममा विभिन्न महिलासँग सम्बन्धित संघसस्था , न्यायिक कार्यलय , कानुनविद् , राजनितिक प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।महिला हिँसालाई न्युनिकरण गर्न गरिएका पहल र गर्न सकिने थप कार्यकाबारेमा विभिन्न संघसस्था पत्रकार र कानुनविद्हरुले आयोगमाझ जिज्ञासा समेत राखेको थिए । कार्यक्रम रास्ट्रीय महिला आयोगका सचिव अनिल कुमार ठाकुरको अध्यक्षतामा भएको थियो ।


















































