इलाम : सकरात्मक सूचनाले राम्रा पक्षलाई उजागर गर्ने आज (सोमबार) इलाममा आएका ४० औं प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रमका सहभागिले बताएका छन् । उनिहरुले जिल्लाको सार्वजिक सूचना प्रणालीलाई सुधार गर्न समेत माग गरेका छन् ।
सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पत्रकारसँग परिचय गर्दै राम्रा पक्षलाई उजागर गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनले मासिक रुपमा सरकारी कार्यालयले गरेको कामलाई सार्वजिनक गर्दै सूचना प्रणालीलाई चुस्त दुरुस्त बनाउँने प्रतिबद्धता समेत व्यक्त गरे ।
नागरिकले पाउँनु पर्ने सूचनालाई सहज बनाउँनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले बताए । उनले सार्वजनिक सेवा प्रदायक संस्थाले सार्वजनिक सूचना प्रणाली व्यवस्थित बनाउँनु आग्रह समेत गरे ।
नव निर्वाचित पत्रकार महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष सोम सुशेलीले सूचनालाई व्यवस्थित गरेर नागरिकले पाउँनु पर्ने सूचना समयमै दिन सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए ।


















































