
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका–३ मा श्रम संस्कृति पार्टीको वडा तदर्थ समिति गठन भएको छ ।
सोमबार भएको भेलाले मचिन्द्र साम्बाको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा हरी वार्ताम, उद्देश्य लिम्बू र धिरज राई, सचिवमा देउकुमार लिम्बू, सहसचिवमा, राजकुमार राई र सोम लिम्बू एवम् कोषाध्यक्षमा नरेन्द्र लिम्बू चयन भएका छन् ।
सदस्यहरुमा उज्जवल राई, दिल विक्रम साम्बा, हस्तमान लिम्बू, सोम लिम्बू, समिर राई, सन्तोष राई, रमला साम्बा, जीवन राई, छत्रमान साम्बा, मंगिराम दुखुन, जितेन राई, छविलाल लिम्बू, प्रकाश लिम्बू, हरी कुमार साम्बा, कृष्ण ठटाल, मदन राई, सुन्दर लिम्बू, ठाकुर लिम्बू, शुक्र लिम्बू लगायतरहेका छन् ।
माङसेबुङ-३ का प्रविन लिम्बू (दिलवीर) को अध्यक्षतामा गाउँपालिका कमिटीका अध्यक्ष आइत राज साम्बा, सचिव आशिष जवेगु, उपाध्यक्ष सिर्जना साम्बासहित अन्य सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रमले वडा तदर्थ समिति गठन भएको हो । समिति गठनसँगै माङसेबुङ–३ मा पार्टीको गतिविधि अझ सुदृढ तरिकाले अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा बोल्दै पार्टीका गाउँ समिति अध्यक्ष आइतराज साम्बाले संगठन विस्तारमा सबैलाई एकसाथ लाग्न प्रेरणा दिए । उपाध्यक्ष सिर्जना साम्बाले श्रम पिता हर्क साम्पाङको श्रम र समर्पणलाई स्मरण गर्दै समाज तथा राष्ट्र निर्माणमा बिना सर्त योगदान दिन सबैलाई आह्वान गरिन् ।
सचिव आशिष जवेगुले पार्टी वैकल्पिक शक्तिका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै वडास्तरमै देखिने विसंगति र अव्यवस्थाविरुद्ध शान्तिपूर्ण आवाज उठाउँदै समाज परिवर्तनमा योगदान दिन समिति सदस्यहरूलाई आग्रह गरे । उनले सदस्यता विस्तारको अभियान चाँडै सुरू हुने र सबै वडाहरूमा तदर्थ समिति गठन प्रक्रिया अघि बढाइने बताए ।




















































