इलामको जमुनामा ‘आतिथ्य सत्कार तालिम’ सुरु (तस्बिरहरु)

  नयाँ बुलन्द
224 Shares

इलाम : इलामको सन्दकपुर गाउँपालिका-५ जमुनामा ‘आतिथ्य सत्कार तालिम’ सुरु भएको छ ।

पर्यटन व्यवसायमा आवद्ध (होटेल, होमस्टे र अन्य) व्यवसायीहरुका लागि ‘आतिथ्य सत्कार तालिम’ शनिबार सुरु भएको हो ।

सन्दकपुर गाउँपालिका ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा क्रिशल एडभर्टाइजिङ एण्ड क्रिएसन प्रालिको आयोजनामा तालिम सुरु भएको तालिममा २५ जनाको सहभागिता रहेको छ ।

तालिममा केचना कञ्चनजंघा पर्यटन विकास समिति इलामका कार्यकारी निर्देशक केशवकुमार धौराली र क्रिशल एडभर्टाइजिङ एण्ड क्रिएसनका प्रबन्धक एवम् पर्यटन पत्रकार सुजन तिम्सिनाले सहजीकरण गरिरहेका छन् ।

वडा अध्यक्ष यज्ञबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरी लुङ्गेली, जिल्ला समन्वय समिति सदस्य सीता कार्की, २ नम्बर वडा अध्यक्ष सनम राईलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत वडा सदस्य कुमार गुरुङ र सञ्चालन सुजन तिम्सिनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार