हराउँदै ढिकीजाँतोको प्रचलन

  नयाँ बुलन्द
112 Shares

इलाम : इलामका ग्रामीण क्षेत्रहरुमा कुटानी–पिसानीका लागि आधुनिक प्रविधि भित्रिएपछि परम्परागत साधन ढिकी र जाँतो लोप हुँदै जान थालेका छन् ।

युवापुस्ताको उदासिनता र प्रविधिको विकाससँगै विद्युतबाट चल्ने मिल स्थापना भएपछि गाउँघरमा परम्परागत ढिकी–जाँतोको प्रयोग घट्दै जाँदा ढिकी र जाँतो बिस्तारै लोप हुने अवस्थामा पुगेका हुन् ।

गाउँघरमा नै ढिकी जाँतो लोप हुँदै गएपछि वर्र्षौदेखि रैथाने ढिकी जाँतो प्रयोग गर्दै आएको पाको पुस्ता रैथाने सीप र प्रविधि लोप हुने भएकोले चिन्तित बनेका छन् ।

युवा पुस्ताले कुटानी र पिसानीका लागि ढिकी जाँतोको प्रयोग गर्दैनन् । छिटो र सजिलो हुने भएकोले युवापुस्ता कुटानी पिसानीका लागि मिल नै प्रयोग गर्ने र प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेपछि परम्परागत साधनका रुपमा रहेका ढिकी र जाँतो हराउँदै गएका हुन ।

आजकल गाउँमा नदेखिने ढिकी जाँतो सहरका घर र संग्राहालयमा देख्न पाइन्छ । गाउँमा खुट्टाले धान कुट्ने ढिकी त भेटिनै छाडेको छ । नयाँ पुस्ता छिटो, छरितो र सुविधा भोगी भएकाले पनि कुटानी पिसानीका परम्परागत साधनहरु हराउँदै गएका हुन्  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार