
इलाम : लैङ्गिक अभियान कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, मानव अधिकार मन्चको आयोजना, सन्दकपुर गाँउपालिकाको समन्वय र चेतना नाट्य समुहले बाल विवाह अन्त्यको लागि चेतनामूलक सडक नाटक विभिन्न विद्यालयमा प्रस्तुत गरिएको छ।
पछिल्लो समय नेपालमा बाल विवाहको घटना बढिरहेको अवस्थामा त्यसको अन्त्यका लागि सडक नाटक प्रस्तुत गरिएको हो ।
नाटक सन्दकपुर गाँउपालिकाको सरस्वती माध्यमिक विद्यालय, माईपोखरी संस्कृत मावी, इस्ट इस्काई विद्यालय र माईपोखरी एकेडेमीमा प्रस्तुत गरिएको हो ।
नाटकको निर्देशन समुहको अध्यक्ष सुरेश पोर्तेलले गरेका छन्। नाटकमा चेतना नाट्यसमुहका कलाकार पोर्तेलसहित, सरिता राई, सुशान्त चापागाईं, प्रतिमा रिजाल, विमला राई र निशान देवानलगायतले प्रस्तुत गरेका छन्।
नाटकलाई व्यवस्थापन मानव अधिकार मन्चका रुद्र थेवे र जीवन कुमालले सहयोग गरेका थिए ।
प्रदेश सरकारले सन २०२५ सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यलाई पनि यसले थप सहयोग पुग्ने अपेक्षाका साथ नाटक गरिएको चेतना नाट्य समुहका अध्यक्ष पोर्तेलले बताए ।





















































