सिपालु हुन जसले चाहयो, उसले तालिम पायो !

  गोविन्द पौडेल
77 Shares

इलाम : इलामको रोङ गाउँपालिकाले अब सबै क्षेत्रको तालिमहरु मागको आधारमा एकीकृत प्रणालीबाट संचालन गर्ने भएको छ । सरकारको बजेट सिध्याउने माध्याम नै तालिम भएर खास उदेश्य अनुसारको लक्षित समुहले तालिम नपाएको गुनासो आइरहेको बेलामा रोङ गाउँपालिकाले आवश्यकता अनुसारको तालिमहरु संचालन गर्न लागेको हो ।

गाउँपालिकाले तालिम संचालन र व्यवस्थापन कार्यविधि बनाएर नै तालिमलाई उपयोगी बनाउने प्रयास गरेको हो । कार्यविधि अनुसार रोङ गाउपालिकाका नागरिकहरुले आफूहरुलाई आवश्यक्ता भएको कुनैपनि तालिम चाहिएर दश जनाको समुहले प्रक्रियागत माग गरेमा तत्कालै संचालन गरिने व्यवस्था गरिएको छ । जसमा स्टेसनरी, प्रशिक्षक र खाजाको व्यवस्था गाउँपालिकाले गर्ने छ ।

जसका लागि गाउँपालिका भित्रका ५६ वटा सभाहलसहित एक प्रोटेवल हलको व्यवस्था तोकिएको छ । जसमा ३० वटा सामुदायिक विद्यालयहरु, छ वटा वडा कार्यालय, पाँचवटा स्वास्थ्य चौकी, तीनवटा सहकारी भवन, तीनवटा सामुदियक वन, दुईवटा सामुदायिक भवन, दुई दुई सत्सङ र गाउँपालिको हल, सामुदायिक अध्ययन केन्द्र, कवर्ड हल तयारी अवस्थामा रहेकाले हल व्यवस्थापनमा सहज रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।

विभिन्न विधागत तालिमहरुको माग भएमा सभव भए पालिका भित्रका सहजकर्ता प्रयोग हुने नभए पालिकाले विपयगत विज्ञता पाएका व्यक्तिहरु ल्याएर भएपनि तालिम सचालन गरी नागरिकहरुलाई सिपालु बनाउने लक्ष्य राखेको अध्यक्ष स्याङ्वोले बताए ।

तालिमप्राप्त नागरिकहरुको लागि कुनै ब्वसाय गर्न आवश्यक रहेमा वा आवश्यक्ता माग गरेमा मापदण्डअनुसार प्राविधिक सहयोग अनुगमन र समीक्षा समेत गाउँपालिकाले गरेर तालिमलाई सीपमूलक, किफायती, प्रभावकारी स्वरोजगार र रोजगारमूलक बनाउने उदेश्य रहेको अध्यक्ष स्याङ्वोले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार