नेपाली कांग्रेसका मध्यमस्तरका नेताहरु, झेली कुरो गर्ने ?

  निनाम लोवात्ती
84 Shares


केही समय अघि ललितपुरको गोदावरीमा सम्पन्न सम्पन्न भएको नेपाली कांग्रेसको महासमितिको बैठकमा नेपाली कांग्रेसका २२ जना मध्यमस्तरका नेताहरुले नेपाली कांग्रेस (नेका) ले अब हिन्दु राज्यको पक्षमा अडान लिनुपर्ने अथवा भनौं हिन्दु अधिराज्यलाई पार्टीले सैद्यान्तिक रुपमा नै आत्मसाथ गरेर नीति नियम पारित गरेर, एजेन्डामै राखेर अगाडि बढ्नुपर्ने भनी आप्mनो फरक मत (नेकाले हिन्दु धर्म मान्नुपर्ने) कुरो राखेका छन् । फलतः ती २२ जना नेताहरुले आप्mनो मागपत्र वा अथवा भनौं अडानलाई लिखित रुपमै पार्टीमा बुझाएका छन् । जना त्यसरी नेपाली कांग्रेसको महासमितिको बैठकमा हिन्दु धमृका सम्बन्धमा कुरो उठाएर फरक मत दर्ज गर्ने नेपाली कांग्रेसका २२ नेताहरु रहेका छन्, शंकर भण्डारी, दिलेन्द्र बडु, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाईली, रंगमती शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरि, सीता देवकोटा, अर्जुनजंग बहादुर सिंह, सीता कुमारी राना, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृप बहादुर ओड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ता कुमारी यादव, डाक्टर डीना संग्रौला, इन्द्र बहादुर बानियाँ र शुक्रराज शर्मा छन् ।

माथिको नाम सूची हेर्दा आर्य खस समूह, जसको पिता पूर्खाले सुरुदेखि हिन्दु धर्म मान्दै आए, उनीहरुले हिन्दु धर्मका सम्बन्धमा पक्षपोषण गर्नुृ ठीकै मान्न सकिएला । तर जसले र जसका पिता पूर्खाहरुले हिन्दु धर्मका कारण लामो समयसम्म दलनमलनमा परे, परेका थिए, अभैm पनि परिरहेका छन्, तिनका सन्तान स्वयम्ले पनि (दलित-शिल्पी समूहका कामरेडहरु) पनि नेपालमा हिन्दु धर्म नै लागू हुनु पर्छ भनी हिन्दु धर्मका पक्षमा वकालत गर्नु, हिन्दु धर्म लागू हुनुपर्ने भन्ने मागपत्रमा सही गर्नु भनेको के आप्mनै खुट्टोमा बञ्चररो हाननु सरह होइन र ? यसो चिार गरौं त यो कुरो कतिको न्यायोचित ठहरिएला ? त्यस्तै गरेर एक जना राना (उहाँ महिला हुनु हुन्छ होला) जो हुनुहुन्छ, उहाँ पनि आपूm आदिवासी जनजाति मुलका हो भने त उहाँले पनि हिन्दु धर्मका सम्बन्धमा कुरो उठाईएको मागपत्रमा त्यसरी सही धस्काउनु कति ठीक होला ? त्यसरी एकलकाँटे ढंगले माग राखिएको हिन्दु धर्म सम्बन्धी मापत्रमा सही धस्काउँदा उहाँको पिता पूर्खाका आत्माले स्वीकार गर्यो होला त ?

हुन पनि हाल अस्तित्वमा रहेको नेपालकै पूराना राजनैतिक दलमध्ये पहिलो हो भने, स्थापनाको हिसावले तेस्रो वा चौथो दलमा पर्ने राजनैतिक दल पनि हो !? जुन राजनीतिक पार्टी नेपालका अरु राजनीतिक पार्टीहरु हेरिकन केही हदसम्म समावेशी देखिन्छ । त्यसैले नेपाली कांग्रेसको नेतृत्व तहले चाहिँ नेपाली कांगे्रस पार्टी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवम् नेपालका अन्य राजनीतिक पार्टीहरुका साथै तिनका नेताहरका लागि मात्रै नभएर समग्र नेपाल देश र नेपाली जनताहरुका लागि पनि लगभग सर्व स्वीकार्य नेताका रुपमा चिनिनु भएका, स्थापित हुनु भएका एक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको धर्म सम्बन्धी नीतिलाई नछोडोस् । माथि नै उल्लेख भई सकेको छ कि, विश्वेश्वरप्रसाद कोइरालाले ‘नेपाल हिन्दु राज्य हुँदै होइन, कसैले हिन्दु राज्य हो भन्दछ भने त्यो झेली मात्र हो ।’

त्यसैले कुनै राजनीतिक दल वा धार्मिक समूहले हिन्दु धर्मलाई आप्mनो स्वार्थ सिद्घ गर्न, निर्वाचनमा केही केही मात्रामा भोट बढाउन हिन्दु धर्मलाई उछाल्दा, भीड जम्मा गर्दा वा त्यसरी भीड जम्मा भएको देखेर नेपाली कांग्रेस जस्तो प्रजातन्त्रवादी समाजवादी पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरुले आप्mनो आदर्श नेताले अंगालेको धर्म सम्बन्धी नीतिलाई चटक्कै बिर्सेर एकल हिन्दु राज्यको पक्षमा लाग्नु त्यति उचित हुँदैन कि ? कि भने आप्mनो पार्टी, नेताहरु र, आपूmहरुले ‘महामानव !’ ठानेको, मानेको बीपी कोइराला नै धर्मका सम्बन्धमा गतल थिए भनी सार्वजनिक रुपमा भन्न सक्नु पर्यो ।

यो लेख पढ्नेहरुले मलाई ‘यो मान्छेले अति नै “संकीणर्, जातिवादी र साम्प्रदायीक !” विचार वा भनाइ राख्दो रहेछ’ भनी जातिवादी र साम्प्रदायीकको नजरले पनि हेर्न सक्छन् । तर मलाई ‘संकीणर्, जातिवादी र साम्प्रदायीक ! देख्ने महानुभावहरुले हालसम्म नेपालमा कार्यकारी प्रधानमन्त्री भएका मान्छे र अधिकांश ठूला र मझौला भनिएका राजनैतिक दलका अध्यक्ष, सभापति वा महासचिव को-को भए/भएका थिए ? एक पटक उनीहरुको नाम लिस्ट वा भनौं नाम-सूची हेर्नु हुन हार्दिक अनुरोध छ । खासमा भन्ने नै हो भने नेपाली कांग्रेस पार्टी सुरुमै दुई वटा पार्टी मिलेर एक बनेको पार्टी पनि हो । जस्तो कि विसं २००३ सालमा बीपी कोइरालाले ‘नेपाली राष्ट्रिय कांग्रेस’ गठन गरेका थिए भने विसं २००५ सालमा सुवणर् शमशेरले ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गरेका थए । अहिले उठेको समावेशीकरणको सवालमा भन्नु पर्दा सुवणर् शमशेरले ऊ वेलै देवव्रत परियारलाई संस्थापक सदस्यका रुपमा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ मा राखेका थिए । सो कुरो पौडेल-कोइराला समूहबाट १४ औं महाधिवेशनमा आपूm सहमामन्त्रीमा दलित कोटाबाट उठेपछि जीवन परियारले ‘काठमाण्डौ प्रेस’सँग कुराकानी गर्दै बताएका हुन् । उनले सहमामन्त्रीमा दलित कोटामा जितेर आए । यसरी नेपाली कांग्रेसको हेर्दा विसं २००५ सालमा सुवणर् शमशेरले ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गर्दा नै देवव्रत (डीबी) परियारलाई संस्थापक सदस्यमा राखेका थिए भने त्यसपछि नेपाली कांग्रेस एक भएपछि ‘नेपाली कांग्रेस’मा धनमानसिंह परियार त महामन्त्री नै भएका थिए । त्यस्तै विसं २०१५ को आम निर्वाचनमा बीपी कोइरालाले सुदूर पश्चिमका द्धारीकादेवी ठकुरानीलाई एक मात्रै महिलाका रुपमा सांसद पदमा उठाएका थिए । साथै द्धारीकादेवी ठकुरानीले निर्वाचन जितेर आएपछि बीपी कोइरालाले उनलाई आप्mनो मन्त्रीमण्डलमा पहिलो मन्त्री (सहायकमन्त्री) बनाएको पार्टी पनि हो ‘-नेपाली कांग्रेस ।’ त्यसैले अरुले क्षणिक लाभ उठाएको वा केही बी भीड जम्म गरेको देखेर, हेरेर नेपाली कांग्रेसका कुनै पनि तहका ठूला एवम् साना पदका नेता तथा कार्यकर्ताहरुले नेपालमा हिन्दु धर्म लागू गरौं अथवा हिन्दु धर्म लागू गर्नु पर्छ नभन्नु होस् । हुनत ८१ प््रप्रतिशतभन्दा बढी हिन्दु धर्मालम्बी देश भएको नेपालमा हिन्दु धर्म लागू नगर्ने, धर्मनिरपेक्ष देश नबनाउने ? भन्ने कुरो पनि उठ्ला नै । तर असलियतमा भन्नु पर्दाखेरि लगभग ३८ प्रतिशत आदिवासी जनजाति रहेको, चार प्रतिशत भन्दा केही बढी मुस्लिम धर्मालम्बी रहेको र लगभग १० प्रतिशत बौद्ध धर्मालम्बी रहेको त्यस्तै गरेर दुई प्रतिशतभ्नदा बढी क्रिश्चियन धर्मालम्बी रहेको नेपाल भन्ने देशमा कसरी हिन्दु धर्म मान्ने जनसंख्यन चाहिँ ८१ प््रतिशत पुग्यो ? सो सम्बन्धमा छुट्टै लेख लेखिने छ ।

हुन पनि ‘नेपाल हिन्दु राज्य हुँदै होइन ।’ भनी विश्वेश्वरप्रसाद कोइरालाले एक अन्तर्वार्ता दिँदै भनेका छन् । हुन पनि बीपी केवल नेपाली कांगे्रस र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु अनि नेपालका अन्य राजनीतिक पार्टीहरुका साथै तिनका नेताहरुका लागि मात्रै नभएर समग्र नेपाल र नेपाली जनताका लागि लगभग सर्व स्वीकार्य नेताका रुपमा चिनिएका थिए, स्थापित एक नेता थिए । ४ साउन २०३६ (२० जुलाई सन् १९७९) मा निक्लेको ‘विक्ली मिरर’ अंग्रेजी पत्रिकाका अन्तर्वार्ताकारले प्रश्न गर्नु भएको छ, ‘नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रुपमा तपाईँलाई लिइन्छ । यसो गर्दा नेपालका रुढिवादी तत्वलाई प्रश्रय मिल्दैन ? तपाईँ सत्तामा आएपछि तपाईँले चाहेको जसरी पशुपतिनाथ मन्दिरलाई सङ्ग्राहलयमा सार्नका लागि जनतालाई मनाउन कठिन हुँदैन ? बीपीको जवाफ यस्तो रहेको छ, ‘-नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हिन्दु राज्य हो भन्दछ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन ।’ त्यसैले गर्दाखेरि माथि उल्लेखित मध्यमस्तरका नेपाली कांगे्रसका केही नेताहरुले आगामी दिनमा आप्mनो पार्टीले ‘हिन्दु राज्यको पक्षमा अडान लिनुपर्ने अथवा भनौं हिन्दु अधिराज्यलाई पार्टीले सैद्यान्तिक रुपमा नै आत्मसाथ गरेर, एजेन्डामै राखेर अगाडि बढ्नुपर्ने’ भन्ने मतबारे पुनः विचार गर्ने कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार