विवाहको २५ औं बर्षमा खुशीको सर्प्राइज (भिडियो)

काठमाडौं । बेलायतलाई कार्मथलो बनाएर पत्रकारिता र समाजसेवामा लामो समय आबद्ध रहेका खुशी लिम्बूले आफ्नो वैवाहिक बर्षगाँठको अवशरमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । एनआरएन अभियन्ता समेत रहेका लिम्बू कला र ग्लामर क्षेत्रमा नवप्रवेशी हुन् । लिम्बुले अभिनेत्री तथा मोडल गरिमा शर्मासँग भिडियोमा अभिनय गरेको छ ।

लिम्बूको यस अघि आफ्नै स्वर र अभिनयको प्रस्तुति मैच्याङको गालाको कोठी गीतले निकै चर्चा बटुलिसकेको छ । लिम्बूको दोश्रो प्रस्तुति “बर्षगाँठको शुभकामना” गीतको संगीत संगीतकार तारा प्रकाश लिम्बुले भरेका हुन् । गीतमा संगीतकार तारा प्रकाश लिम्बू आफैंले स्वर भरेका छन् भने चर्चित गायिका अन्नु चौधरीको पनि आवाज सुन्न सकिन्छ ।

भिडियोको छायाङ्कन बरिष्ठ छायाँकार सौरभ लामा, र हिमाल श्रेष्ठले गरेका हुन् । त्यस्तै श्रृङुगार सञ्जू थल्लङ गरेका हुन् भने प्रोडक्सन म्यानेजर मनोज जोशी हुन् । सांगीतिक क्षेत्रमा अहिले सबैभन्दा ब्यस्त गीतकार जानु काम्बाङ लिम्बुको रचनाले गीत, भिडियो र प्रेमभावबीच उत्कृष्ट संयोजन गरेको छ । सबै सर्जकहरुको संयुक्त प्रतिभाले गीत, संगीत र भिडियोलाई जीवन्तता प्रदान गरेको छ ।

म्युजिक भिडियोको विशेष आकर्षण अभिनेत्री तथा मोडल गरिमा शर्मा हुन् । उनको अभिनय, शैली र सुन्दरताले “बर्षगाँठको शुभकामना” म्युजिक भिडियोले दम्पत्तीबीचको प्रेमलाई मूर्तता दिएको छ ।

निर्देशक सुरेश पाण्डे द्वारा निर्देशित “बर्षगाँठको शुभकामना” साँगीतिक भिडियोलाई खुशी लिम्बू दम्पत्तीले शताब्दीको एक चौथाईको आफ्नो प्रेमको उदाहरणीय नमूना भनेका छन् । म्युजिक भिडियोको दृष्यमा विशेषगरी युगल दम्पत्तीको घर र प्रेमभावलाई दर्शाइएको छ ।

लिम्बू दम्पत्तीले भिडियोको अन्त्यमा सबै सर्जक र सहयोगीहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन् भने आफ्ना परिवार, साथीहरू र शुभचिन्तकहरुलाई विगत २५ बर्षसम्मको वैवाहिक यात्राको प्रोत्साहन र शक्तिको श्रोत भनी उल्लेख गरेका छन् ।

“बर्षगाँठको शुभकामना” गीत र भिडियो दम्पतीको प्रेमको शक्ति र दिर्घकालीन प्रतिबद्धताको सुन्दर प्रमाण हो । लिम्बूले यो म्युजिक भिडियोलाई सबै खाले दर्शकहरूले मन पराउने आशा व्यक्त गर्दै सबै प्रेमिल जोडीहरुलाई यो गीत र भिडियो प्रेरणाको श्रोत हुने बताए ।

बर्षगाँठको शुभकामना, म्युजिक भिडियोलाई एचडी र फोरके क्वालिटीमा खुशी लिम्बु युट्युब च्यानलबाट हेर्न सकिन्छ । साथै, गीत फेसबूक रील, इन्टाग्राम रील, टिकटक र आमेजन जस्ता अडियो प्लेटफार्महरुमा समेत उपलब्ध भइसकेको छ ॥

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार