पवित्रहाङमा कप : जनसहयोग युवाक्लब मोरङ र डिएसएफसी इलाम

  नयाँ बुलन्द
455 Shares

इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगितामा आज (शनिबार) जनसहयोग युवाक्लब मोरङ र डिएसएफसी इलाम भिड्दैछन् ।

प्रस्तावित आत्मानन्द रङ्गशाला माङसेबुङ-५ मा दिउँसो ३ बजे हुने खेलमा इलामले मोरङको सामना गर्नुपर्नेछ ।

यसअघि  हिजो शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा नवोबुद्ध युवाक्लब सप्तरीलाई २-० गोल अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । मानेभञ्ज्याङको जितका लागि दुवै गोल सिम्रन गुरुङले गरेकी थिइन् । खेलको उत्कृष्ट खेलाडी समेत उनै गुरु घोषित हुँदै नगद पुरस्कार प्राप्त गरिन् ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगितामा प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा छ ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल २ फागुनमा हुनेछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार