पवित्रहाङमा कप : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ दार्जिलिङ सेमिफाइनलमा

इलाम : इलामको धार्मिक क्षेत्र माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत सेमिफाइनल प्रवेश गरेको छ ।

आज शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा नवोबुद्ध युवाक्लब सप्तरीलाई २-० गोल अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले सेमिफाइनलको यात्रा तय गरेको हो । मानेभञ्ज्याङको जितका लागि दुवै गोल सिम्रन गुरुङले गरेकी थिइन् । खेलको उत्कृष्ट खेलाडी समेत उनै गुरु घोषित हुँदै नगद पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिता अन्तरगत भोलि (शनिबार) चौथो क्वाटरफाइनलमा जनसहयोग युवाक्लब मोरङ र डिएसएफसी इलाम प्रतिप्षर्धा हुनेछ ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगितामा प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा छ ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल २ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार