प्रगतिशील जनस्वास्थ्यकर्मीद्वारा सन्दकपुरमा निःशुल्क स्वास्थ्य शिविर, २९५ लाभान्वित

  नयाँ बुलन्द
203 Shares

सन्दकपुर : इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँमा एक दिवशिय निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । ग्रामिण क्षेत्रमा जनताहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्धेश्यका साथ नेकपा माओवादी केन्द्र सन्दकपुर कमिटिको समन्वयमा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले विशेषज्ञ डाक्टरहरु सहित एक दिने शिविर संचालन गरेको हो ।

स्वास्थ्य शिविरमा सन्दकपुर गाउँपालिकाको ५ वटै वडाका २ सय ९५ भन्दा बढिले स्वास्थ्य सम्बन्धी चेक जाँच गरेका छन् । शिविरमा स्वास्थ्य जाँच गर्न आएका ८६ बर्षिय इन्द्र बहादुर राईले गाउँमा शिविर संचालन पछि उपचारको लागि इलाम जानु नपरेको भन्दै खुशी व्यक्त गरे । उनले स्वास्थ्य जाँचका कार्यक्रमहरु नियमित रुपमा संचालन भएमा आफु जस्ता जेष्ठ नागरिकहरुलाई सहजता पाउने बताए ।

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्दै जाडोको मौसममा संचालित शिविरबाट बालबालिका देखि जेष्ठ नागरिकसम्मले गाउँमै सेवा दिने कार्य भएको बताए । उनले समयसमयमा संचालन हुने स्वास्थ्य शिविरका लागि पालिकाबाट पुर्ण सहयोग रहने बताए ।

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रिय उपाध्यक्ष अन्जना पोखरेलले कोशी प्रदेश बाहिर समेत उपचार नपाएकाहरुलाई डाक्टर र औषधी नपुगको ठाउँमा शिविर संचालन गर्दै आएको बताइन् । उनले यस अघि संखुवासभा मा १ हजार ४ सय बिरामीको स्वास्थ्य जाँचबाट आँखा र महिला रोगी बढि पाएको बताइन् । झापामा चिया मजदुर लक्षित शिविरमा महिलाहरुमा क्यान्सरको जोखिम देखिएको बताइन् ।

उनले इलाम सहितका विभिन्न क्षेत्रमा संचालित शिविरबाट आएका रोगीहरुलाई अप्रेसनमा ५० देखि शतप्रतिशत उपचार मिलाएको बताइन् । शिविरमा नाक कान घाटी, हाडजोनी, मनोपरामर्श, इसिजीका साथ महिला तथा बालरोग सम्बन्धी उपचार र औषधी समेत निःशुल्क प्रदान गरिएको थियो ।

शिविरमा आएका बालबालिका देखि जेष्ठ नागरिकहरुले गाउँमा सहज रुपमा स्वास्थ्य चेकजाँच गर्न पाएपछि खुशी महसुस गरेका छन् । महासंघले स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेको शिविर संचालन गरिरहेको छ ।

शिविरमा देखिएका गम्भिर रोगको विरामीहरुलाई उपचारको लागि छुटमा उपचार सेवाको लागि कार्य गर्दै आएको बताइएको छ ।स्वास्थ्य शिविरमा बरिष्ठ हाडजोर्नी सर्जन डा गुरु खनाल, फिजिसियन डा अमृत पोखरेल, मानसिक रोग विशेषज्ञ डा मदन बस्नेत, स्त्री रोग विशेषज्ञ श्रद्धा श्रेष्ठ र बालरोग बिषेशज्ञ डा प्रदिप मेहेताले सेवा प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार