आत्मानन्द कप : माङसेबुङ फाइनल प्रवेश (भिडियो सहित)

  नयाँ बुलन्द
623 Shares

इलाम : माङसबेङ गाउँपालिका  इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कपको फाइनल प्रवेश गरेको छ ।

मंगलबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सिरीजंगा स्पोर्टिङ क्लब मोरङ विरुद्ध २-१ गोलको नजिता निकाल्दै माङसेबुङ उपाधि नजिक पुगेको हो ।

खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमले गेको थियो ।

माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक/एक गोलको योगदान गरे । सिरिजंगाका लागि पारस कार्कीले सान्तवना गोल फर्काए ।

खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । माङसेबुङले पाएकफ फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै धिमालले जाली चुमाए । पहिलो हाफमा अग्रता लिएको माङसेबुङले दोस्रो हाफको सुरुवतामा नै अग्रता दोब्बर बनायो । दोस्रो हाफको चौथो मिनेटमा माङसेबुङका सक्सेस राईले गोल गरी टिमलाई अग्रता दिलाए ।

सिरीजंगाले ३९ औं मिनेटमा एकमात्र सान्तावना गोल फर्कायो । सिरीजंगाका पारस कार्कीले गोल गर्दै अग्रता घटाएका थिए । यो हारसँगै डिफेन्डिङ च्याम्पियन छथर तेह्रथुमलाई हराएको सिरीजंगा समेत प्रतियोगिताबाट बाहिरियो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङका गोलकिपर आयुस लिम्बू घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

बुधबार दोस्रो सेमिफाइनलमा तिजोक युवाक्लब पाँचथर र मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतबीच खेल हुनेछ ।

विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच समेतले नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।

माङसेबुङ गाउँपालिका र सिरीजंगा स्पोर्टिङ क्लब मोरङबीचको खेलको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार