प्रथम नेपाली तारा दिपक लिम्बूले नचाए फाकफोकथुमबासीलाई

इलाम : प्रथम  नेपाली तारा एवम् गायक दिपक लिम्बूले इलामको फाकफोकथुमबासी दर्शकहरूलाई नचाएका छन् ।

शनिबार फाकफोकथुम गाउँपालिका-७ एकतप्पास्थित दोकानडाँडामा आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बूले दर्शकलाई मनोरञ्जन दिदैं नचाएका हुन् ।

खेलकुद विकास समितिले फाकफोकथुम-७ को आयोजनामा साँझ भएको कार्यक्रममा चिसोको प्रवाह नगरी सयौं दर्शकहश्ररुलाई सँगसँगै नचाएका हुन् ।

खचाखच भरिएको कार्यक्रममा लिम्बूले चलेका करिब एक दर्जन बढी गीत गाए । कार्यक्रम ‘मुटु माग्यौ तिमीले’ गीतबाट सुरु गरेका थिए ।

त्यसपछि ‘सागर बरु सुकेर गईजाला’, ‘हराए म तिम्रो कोमल झैं नयनमा’, ‘‘नाइँ नभन्नु ल’ ‘मागेर पाउने भए म’,  ‘सिम्पल सिम्पल’, ‘कसले चौर्‍यो मन’, ‘माया गर मायामा अलिअल’, ‘मैले माया गर्न तिमीले सिकाउन सक्यौ नि’ ‘ढल्क्यो ढल्क्यो’, ‘यो मौसम यही भन्छ’ लगायत दर्जनौं चर्चित गीत गाए ।

उनका लोकप्रिय गीतहरूले दर्शकको निकै ताली पाएको थियो । उनका चर्चित गीतले सांगीतिक कार्यक्रमको माहोल भिन्न बनाएको थियो । उनका गीतमा युवायुवती मात्र नभई बालबालिका र पाकासमेत राति अबेरसम्म नाचिरहेका थिए ।

दर्शकहरुबाट ‘वान्समोर’ को आवाज आइरहेको थियो । तर राती १० बजेसँगै उनले प्रस्तुती अन्त्य गरेका थिए ।

कार्यक्रममा अन्य कलाकारहरु गोमा योङहाङ, सम्झना योङहाङ, दिनेश योङहाङ, लक्ष्मी योङहाङलगायतको समेत प्रस्तुतीले सांगीतिक माहोल तताएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमले गरेको थियो । देश तथा विदेशका विभिन्न क्षेत्रबाट प्रत्यक्ष प्रशारण हेरेका दर्शकहरुले कमेन्ट गर्दै आफूलाई मन परेको कलाकारको प्रस्तुतीले भरपूर मनोरन्जन दिएको उल्लेख गरेका छन् ।

कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार