इलाम : चाडपर्व नजिकिएसँगै इलाम नगरपालिकले इलाम बजार सहित आसपासको बजारमा अनुगमन गरेको छ । बर्षभरी सुतेर बस्ने र पर्व आएपछि सुरु हुने पटके अनुगमनले यो बर्ष पनि निरन्तरता पाएको हो ।
नगरपालिकाले नेपालटार बजार, गोदक, जौबारी राजदुवाली क्षेत्रमा मंगलबार अनुगमन गरेको छ तर अनुगमन नाम मात्रको जस्तै मात्र देखिएको छ ।
अनुगमनका क्रममा केही म्याद गुज्रिएका खाद्य पदार्थ, प्लाष्टिक जन्य सामग्री समेत बरामद गरेको जानकारी प्राप्त भएको छ ।
तर बरामद गरेको बस्तुको बारेमा बुझ्दा नगरपालिकाले एकमुुष्ट जानकारी गराउँने जनाएको छ । यसबाट पनि के प्रष्ट हुन्छ भने अनुगमन खासै प्रभावकारी छैन भन्ने ।
नगरपालिकाको उपमेयर बिष्णुकुमारी (दहाल) लिम्बुको संयोजकत्वमा नगरपालिकाको विभिन्न बजारमा अनुगमन भइरहेको बताइएको छ ।