‘चियाबारी… मिठो चियाको कथा’ नाटक इलाममा प्रदर्शन

इलाम : ‘चियाबारी… मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन सुरु भएको छ ।

चेतना नाट्य समूह इलामले सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आउँदो २ कात्तिकसम्म प्रदर्शन हुनेछ ।

सदरमुकामस्थि नारी विकास संघको सभाहलमा प्रत्येक दिन साँझ साढे ४ देखि सवा ६ बजेसम्म प्रदर्शन हुनेछ । शनिबार अतिरिक्त समय प्रदर्शन हुनेछ । शनिबार मध्यान्ह १२ बजे अतिरिक्त समयमा प्रदर्शन हुनेछ । नाटक डेढ घण्टाको रहेको छ ।

कलाकारहरुको सक्रियतामा सहकार्यका लागि दर्शकले ३ सय रुपैयाँ शुल्क तिरेर नाटक हेर्न सक्नेछन्, विद्यार्थीलाई आधा छुट दिइएको छ ।

नाटकको परिकल्पना र निर्शेदशन अन्वेश थुलुङले गरका छन् भने लेखन चेतना नाट्य समूहले गरेको हो । नाटकमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

नाटकमा मल्लीका कार्की, रेविका तोलाङ्गी, आशिका सक्तेन, समिर कुलुङ राई, भूमिका सुब्बा, दर्शन सरकार (घिमिरे), निशान देवान, सविना अधिकारी, कृष्ण मगर, सृष्टि लिम्बू, मोहन राई, विमला चाम्लिङ राई, मनिष विश्वकर्मा, बिमला राना मगर, तेज मगर, रोजन गुरुङ र विष्णु खतिवडाको अभिनय रहेको छ ।

नाटकमा इलाममा चिया खेतीको इतिहास र चिया खेतीमा मजदुरको भूमिकालाई मुख्य रुपमा देखाउन खोजिएको छ । त्यसैगरी इलामलाई चिया पर्यटनको रूपमा विकास गर्दै, चियामा स्थानीयको लगानी, व्यवसायिक सफलता, बजार र यसको भविष्यको विषयमा जानकारीसँगै पारिवारिक चिया संस्कृतिको सद्भाव सिकाउन खोजिएको छ ।

तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार