भ्रष्टाचारविरोधी अभियान अन्तिमसम्म पुर्‍याउँछु : प्रधानमन्त्री

  नयाँ बुलन्द
70 Shares

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे । विराटनगरको सन्देशसभालाई आज सम्बोधन गर्दै उनले आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको पनि बताए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनको तस्करविरुद्ध लागेको छ। एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेका छन्। आफ्नै लडाईंले अघि बढ्न सकिन्छ, त्यतिबेला जनताको साथ चाहिन्छ । सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्याउने प्रतिज्ञा लिएको छु,’ प्रधानमन्त्रीको भनाइ थियो।

उनले लामो समयदेखि रहेको नागरिकतताको समस्या पनि समाधान यो सरकारले गरेको बताए। ‘नागरिकताको समस्या धेरै वर्षदेखि थियो। यही सरकारले नागरिकताको समस्या समाधान गर्न दृढताकासाथ अघि बढेर मूलभूत रुपमा समाधान गर्यो। या ठूलो उपलब्धि हो,’ उनले भने ।
प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर सम्वाद गरेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र सम्वादबाट जनताको भावनाको कदर हुने गरी सामाधान खोजिनुपर्छ ।’ सम्वाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिर्वतन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार