माई नगरपालिकाको परिचय (भिडियो सहित)

  नयाँ बुलन्द
707 Shares

इलाम : गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको विवरण आनुसार , दानाबारी , चिसापानी , महमाई गा. वि . स र लक्षिम्पुर वडा नं-५ मिलाएर बनेको माई नगरपालिका प्रदेश नं १ को ईलाम जिल्ला अन्तर्गत पर्दछ । २६४.०९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वटा वडा रहेका छन् ।

भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री ५२ मिनेट पुर्बी देशान्तरमा अवस्थित छ । ३० हजार ७ सय ३२ जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।

यो नगरपालिका पूर्वमा सुर्योदय नगरपालिका र रोंग गाउँपालिका , पश्चिममा मांसेबुंग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा , कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ र हाल माई नगरपालिका वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ ।

बहुजातीय , बहुधार्मिक , बहुसांस्कृतिक , बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ । धान , केरा र मासु उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेति पनि उल्लेख्य रुपमा रहेको छ । जिल्लामा सबै भन्दा बढी सामुदायिक बन रहेको माई नगरपालिका प्रबल पर्यटकीय सम्भावना रहेको क्षेत्र पनि हो ।

भिडियोमा हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार