गृहमन्त्री लामिछानेको नगरिकता विवादसम्बन्धी मुद्दामा आज थप सुनुवाइ हुँदै

  नयाँ बुलन्द
91 Shares

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज (शुक्रबार) हुँदै छ। गत बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।

बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा रिट निवेदकहरूले बहस गरेका थिए। पुनः नेपाली नागरिकता प्राप्तिका लागि लामिछानेले प्रक्रिया नै नथालेकाले पदमुक्त हुनुपर्ने उनीहरुको जिकिर थियो भने सरकारी वकिलहरूले कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक नहुने तर्क गरेका थिए।

बहस नसकिएकाले मुद्दाको सुनुवाइ आज पनि हुन लागेको हो। गृहमन्त्री लामिछाने नेपाली नागरिक हुन् कि होइनन्? यो प्रश्नको जवाफ सम्भवतः सर्वोच्च अदालतले शुक्रबार दिने छ। शुक्रबार फैसला नआए पनि फैसला आउने मिति भने संवैधानिक इजलासले तोक्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार