स्ववियु केन्द्रीत हुँदै इलाम नेबिसंघ

  नयाँ बुलन्द
567 Shares

इलाम : त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई स्ववियु चुनाव गराउन घोषणा गरेसँगै नेपाल विद्यार्थी संघ इलामले पनि स्ववियु केन्द्रीत कार्यक्रम सुरु गरेको छ । टीकाराम पुरी नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघ तदर्थ जिल्ला कार्य समितिले स्ववियु केन्द्रीत कार्यक्रम सुरु गरेको हो ।
आउने चैत पहिलो हप्ताको लागि चुनावको मिति तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस मध्येको इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, मंगलबारे बहुमुखी क्याम्पस मंगलबारे र माई नगरपालिकाको गरुवा बहुमुखी क्याम्पसमा समेत स्विवियु निर्वाचन हुन्छ । जसका लागि नेपाल विद्यार्थी संघले समेत बिभिन्न उपसमिति चयन गरेको छ ।

शनिवार इलाम सदरमुकाममा बसेको जिल्ला कार्य समितिले संघका जिल्ला उपाध्यक्ष प्रकाश तामाङ्गको संयोजकत्वमा स्वबियू कार्यदल गठन गरेकोे छ ।

यस समितिले स्ववियु निर्वाचनमा विद्यार्थी परिचालन तथा धेरैभन्दा धेरै विद्यार्थीलाई स्ववियु निर्वाचनमा सहभागी गराउन पहल गर्ने छ ।

साथै नेपाल विद्यार्थी संघको नेतृत्वमा सभापती तथा पदाधिकारी जिताउन समेत यो समिति लाग्ने बताइएको छ ।
बैठकले संघको बिभिन्न बिभागहरु गठन गरेको छ । दिपिका ढुंगानको संयोजकत्वमा प्रशिक्षण बिभाग, अतिरिक्ति क्रियाकलापको संयोजकमा सुशिल राई, साहित्य तथा सांस्कृतिक बिभागको संयोजकमा कृष्ण पाठक, खेलकुद बिभागको संयोजकमा मुकेश राईलाई जिम्मेवारी दिएको छ ।

संघले माघ महिनासम्म संगठन बिस्तार गर्ने भएको छ । बिद्यालयमा एकाइ गठनलाई माघ २२ गतेबाट अभियान चाल्ने भएको अध्यक्ष पुरिले जानकारी दिए ।

संघको पालिका स्तरीय संयोजकहरु समेत तोकेको छ । बैठकबाट संगठन बिस्तारका लागि संघले खटाएको आधिकारीक प्रतिनिधिलाई मात्र मान्यता दिने निर्णय समेत गरेको छ ।

संघले इलामले छिमेकी जिल्ला पाच्थर, ताप्लेजुङ्ग, झापा, मोरङ्ग र सुनसरीसंग सहकार्य गर्ने निर्णय गरेको छ ।

स्ववियू निर्वाचनमा इलामबाट अन्य जिल्लाका क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु प्रतिनिधि हुन पाउनुपर्ने माग समेत गरेको छ ।

संघको जिल्ला सम्पर्क समिति समेत बनाउने निर्णय गरेको छ ।

संघले पालिका, प्रदेश र जिल्ला अबिधेशनको पनि तयारी समेत थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार