आगलागी बाट ५ लाखको क्षति

  नयाँ बुलन्द
434 Shares

गणेश अर्याल इलाम,
इलामको रोङ गाउपालिका १ को एक घरमा आगलागी हुदा करिब ५ लाख बराबरको क्षति भएको छ । आइतबार दिउसो घरमा कोही नभएको बेला अचानक आगो लाग्दा सो बराबरको क्षति भएको हो । घरमा भएको नगद ३० हजार, सखुवाको काठ सिरक डसना भाडा बर्तन लगायत सबै सामान जलेर खसानी भएकाले ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीको भनाइ रहेको छ । रोङ १ एकराते निवासी बिष्णुमाया राईको घरमा आगलागी भएको रोङ १ का वडा सदस्य हेमबहादुर थापाले बताए  । बिजुलीको कारण आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको वडा सदस्य थापाले बताए । बस्तै आएको घर आगोले जलेपछि पिडीत बन्नु भएकी बिष्णुमाया अहिले छिमेकी एव एव वडा सदस्य मनमाया राईको सहयोगमा कृष्णकुमारी राई (लिम्बु) को घरमा आश्रय लिएर बस्नु भएको बताइएको छ । यसै बिच घटनाको सूचना पाउन साथ नेपाल रेडक्रस सोसाइटी हासपोखरी उपसाखाले राहतको लागि पहल सुरु गरेको छ । बेलुका अबेर सूचना आएकाले सोमबार सम्मका एक सेट राहत सामाग्री उपलब्ध गराउने हासपोखरी उपसाखा सभापति नेत्रप्रसाद पोख्रेलले बताए । रोङ गाउपालिकाले पनि सोमबार नै राहत सामाग्री लैजाने तयारी गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार