उत्तरे खानेपानी मर्मत उपभोक्ता समितिको अध्यक्षमा राई

  नयाँ बुलन्द
343 Shares

माङसेबुङ : इलामको मामङसेबुङ गाउँपालिका ३ स्थित उत्तरे खानेपानी मर्मत योजना संचालनका लागि उपभोक्ता समिति गठन भएको छ ।

शुक्रबार वडा अध्यक्ष लक्षमण राई (जनम) को अध्यक्षता र वड सचिव पुष्कर कार्कीको रोहवरमा लाभान्वित क्षेत्रको भेलाले विरवहादुर राईको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।

समितिका सचिवमा सुजन राई र कोषाध्यक्षमा रनु राई चयन भएका छन् ।

सदस्यहरुमा सानु तामाङ, प्रेमबहादुर लिम्बू, धनहाङ साम्बा र भक्तमाया राई चयन भएका छन् ।

त्यस्तै आइतराज लिम्बूको संयोजकत्वमा ३ सदस्यीय अनुगमन तथा सहजीकरण समिति गठन भएको छ । सदस्यहरुमा देशमाया राई र जयबहादुर राई चयन भएका छन् ।

सो योजना संचालनका लागि माङसेबुङ गाँउपालिकाको आर्थि वर्ष २०७९/०८० को बजेट कार्यक्रम अन्तर्गत वडा सिलिङबाट १ लाख रुपैयाँ विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार