जन्म दिनमा विद्यार्थीलाई सहयोग

  नयाँ बुलन्द
672 Shares

इलाम : पछिल्लो समय आफ्नो जन्म दिनलाई धेरैले भड्किलो तवरले मनाउने गरेका छन् ।धेरै रकम खर्च गरेर पार्टी प्यालेसमा जन्म दिन मनाउने चलन बढ्दो छ ।तर केहीले भने जन्म दिनलाई बृद्धाश्रम र विद्यालयमा मनाउने गरेका छन् ।

यसै क्रममा इलाम नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रकाश दुलालले आफ्नो जन्म दिनको उपलक्षमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन ।स्थानिय दुर्गा आधारभूत विद्यालयका ७० जना विद्यार्थीहरुलाई उनले कापी ,कलम र पेन्सिल वितरण गरेका हुन ।

साथै उनले खेलकुद सामाग्री फूटबल र भलिबल समेत वितरण गर्नुभभयो । फजुल खर्चलाई रोक्दै विद्यार्थीलाई प्रेरणा दिने उदेश्यले आफूले जन्म दिनको उपलक्षमा विद्यालयलाई सहयोग गरेको दुलालले बतए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार