पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’ सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
567 Shares

काठमाडौं : पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’ गीतसार्वजनिक भएको छ ।

किरात संस्कृतिमा आधारित थिरज राई र नुमा राईको स्वर, थिरजकै संगत र फणीन्द्र राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जया टी वाइबा (सानु लामा)को निर्देशन र किरात बिन्द्र राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा सीता राई र माई लाइफ सुनुवारको अभिनय छ । ‘हामीले यो गीतमार्फत किरात संस्कृतिलाई देखाउने प्रयास गरेका छौं’, गायक थिरजले भन्नुभयो, ‘यसमा दर्शकको साथ रहने विश्वास लिएका छौं ।’

थिरजले ‘दासी’, ‘कलियुग’, ‘यता टाले’, ‘लाहुरे’लगायत दर्जनौं गीतमा स्वर दिनुभएको छ । भ्वाइस किड्सकी फाइनलिष्ट नुमाले छोटो समयमै थुप्रै गीत गाइसक्नु भएको छ । यसअघि थिरजको संगीत र सचितकै शब्द रहेको ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको थियो । जुन गीतमा राजेशपायल राई र मेलिना राईको स्वर थियो ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार