फेरि बढ्दै कोरोना संक्रमण

  नयाँ बुलन्द
56 Shares

काठमाडौं : विगत केही समययता देशभर कोरोना संक्रमितको सँख्या पुनः बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ४५ जनाको परीक्षण गर्दा एक सय २१ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार सात सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक सय चार जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी एक हजार तीन सय ४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ३१ जना संक्रमणमुक्त भएका छन् ।यसअघि शनिबार देशभर एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई हजार ६ सय १५ जनाको कोरोना परीक्षण गरिएको थियो । एक हजार पाँच सय ३९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी एक हजार ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको थियो । सोही अवधिमा ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका थिए । पछिल्लो समय प्रत्येक दिन कोरोना संक्रमितको सँख्या बढ्दै गएको देखिन्छ ।

हाल देशभर संक्रिय संक्रमितको सँख्या ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशनमा छन् । सात जना आईसीयूमा छन् । एक जनालाई भने भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार