इलाम : मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेटा एन्लाईटिककाे सहकार्यमा इलाममा आधारभूत शेयर तालिम सञ्चालन गरेको छ । जिल्ला सदरमुकाममा शनिबार आयोजना गरिएको तालिम कार्यक्रममा विशेष गरी शेयर बजार बारे नयाँ लगानीकर्ताहरु लाइ जानकारी गराइएकाे थियाे ।
कार्यक्रममा डिम्याट खाता खोल्ने र मेरो शेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएकोले नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको सहभागीहरूले बताएका छन् ।कार्यक्रममा प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निकुन्ज मल्लले आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराएकी थिइन ।
शेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमकाबीच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितकायस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने सहभागीहरुकोको धारणा रहेको छ । सदरमुकाममा आयोजना भएको कार्यक्रममा ७० बढिको जनाको सहभागिता रहेको कम्पनीका इलाम शाखा प्रमुख भुवन भट्टराईले जानकारी दिए । कम्पनीले सोही कार्यक्रम आईतबार पाँचथरमा जिल्लामा समेत सम्पन्न गरेको भट्टराईले बताए ।