असारे विकास गुणस्तरहिन

  नयाँ बुलन्द
336 Shares


पाँचथर । असार लागेसँगै पाँचथरमा धमाधम विकास निमार्णकाे कार्यलाई तीब्रता दिईएको छ । चालू आर्थिक वर्षको अन्त्यसँगै प्रदेश सरकारले असारे विकासलाई तीब्रता दिएको हो । पानी पर्ने सिजनमा भएपनि सडक निमार्ण हुन लागेपछि स्थानीय खुशी भएका छन् । तर पछिल्लो समय बजेट सक्काउनका लागि मात्र विकास निर्माणका कार्यहरु भएको हुँदा सम्बन्धित निकायले त्यस तर्फ अनुगमन गर्नुपर्ने देखिन्छ ।

प्रदेश-१ सरकारबाट पाँचथरमा निर्माण हुँदै आएको फिपदक सल्लेरी खण्ड कालोपत्रे सडक निर्माण तीब्र गतिमा भइरहेको छ । सडक खण्ड अन्तरगतको १० किलोमिटर कालोपत्रे सडक निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक निर्माण स्थलमा निर्माण व्यवसायी र कार्यालयको प्राविधिकहरु निर्माण अनुगमनमा खटिन थालेका छन् । पानी पर्ने सीजनमा भएपनि सडक निमार्ण हुन लागेपछि स्थानीय खुशी भएका छन् ।

पूर्वाधार विकास कार्यालय पाँचथर मार्फत ५२ करोड ५७ लाख ३० हजारले फिदिम सल्लेरी खण्ड कालोपत्रे सडक निर्माणले गरिएको हो । निर्माण समयमै सम्पन्न गर्न यतिबेला निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय निर्माण स्थलमा जुटेका छन् । वर्षा सुरु भएसँगै निर्माण गुणस्तरमा कमी हुन सक्ने भन्दै पूर्वाधार विकास कार्यालय पाँचथरको प्राविधिक टोली निर्माण स्थलमा नियमित खट्ने गरेको छ ।

कोरोना र वर्षाको समय सडक निर्माण ठप्प हुने गरेको छ । पछिल्लो समय मुल्य वृद्धिले निर्माण व्यवसायीहरु मारमा परेको गुनासो गर्न थालेका छन् । सरकारको मापडण्ड अनुसार निर्माण गर्न व्यवसायी तयार रहेता पनि डिजेल तथा पेट्रोलको मूल्य दोब्बर भएपछि घाटाले निर्माण व्यवसायी धरासायी हुन थालेको व्यवसायी डिबि लामाले जवानकारी गराउनुभएको छ ।

ढिलै भएपनि कालोपत्रे सडक निर्माणले गाँउघरका सर्वसाधरणलाई आवतजावतमा सहजसँगै उनीहरुको आर्थिक सुधार हुन थालेको फिदिम १२ का वडा अध्यक्ष कमल चापागाईले जानकारी दिनुभएको छ । जेहोस् अहिले जिल्लाका ग्रामिण भेगमा समेत कालोपत्रे हुन थालेपछि नागरिकहरु हर्षित भएका छन् । तर पछिल्लो समय बजेट सक्काउनका लागि मात्र विकास निर्माणका कार्यहरु भएको हुँदा सम्बन्धित निकायले त्यस तर्फ अनुगमन गर्नुपर्ने देखिन्छ ।

असार लागेसँगै निर्माण कार्य गर्दा गुणस्तरहिन विकास भएको पाइन्छ । त्यस तर्फ अनुगमन गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार