पूर्वी पहाडका तीन जिल्लाका दलित अधिकारकर्मीहरुको फिदिममा भेला,दलित अधिकार प्रबर्द्धन सम्बन्धी छलफल

  युद्धबहादुर बोहोरा
735 Shares

पाँचथर: दलित सशक्तीकरण विधेयक मस्यौदाका लागि सुझाव संकलन गर्न पाँचथरको फिदिममा दलित अधिकारकर्मीहरुको विहिबार भेला सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय, १ नम्बर प्रदेशको आयोजनामा छुवाछूतमुक्त प्रदेश कार्यान्वयन अभियानका लागि पूर्वी पहाडका तीन जिल्लाका दलित अधिकारकर्मीहरुको भेलाले दलित अधिकार प्रबर्द्धन सम्बन्धी छलफल सम्पन्न गरेको छ ।

दलित सशक्तिकरण विधेयक मस्यौदाको लागि सुझाव संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम १ नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा  ५० जनाको सहभागिता रहेको थियो ।

दलित अधिकार प्रबर्द्धन गर्ने सम्बन्धमा बनेका विधेयक, २०७९ को मस्यौदा छलफल कार्यक्रम पूर्व राज्य मन्त्री एवं १ नम्बर प्रदेश सांसद जसमाया गजमेरको अध्यक्षता तथा इलाम जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा ५ वटा ग्रुपमा ब्यापक छलफल गरि समुहबाट सुझाव लिएको थियो ।

कार्यक्रममा इलाम,पाँचथर र ताप्लेजुङ लगायत दलित आन्दोलन अगुवा जिल्ला,प्रदेश र केन्द्रका नेताहरु सहभागिता रहेको थियो । विधेयक मस्यौदामा प्रदेश र स्थानीयतह स्तरीय जातिय भेदभाव तथा छुवाछूत उन्मुलन अनुगमन समिति र दलित अधिकार प्रबर्द्धन, सशक्तीकरण तथा विकास समितिको काम, कर्तब्य, नीति, कार्यक्रम, उदेश्य, कार्यक्षेत्र साथै समितिको संरचना बारे उल्लेख गरिएको छ ।

 

उक्त कार्यक्रम प्रदेश भित्र पाँचथर, सुनसरी, धनकुटा र खोटाङ गरि चार ठाउँमा आयोजना गरिएको थियो । भेलाबाट प्राप्त सुझावलाई समेटेर प्रदेश स्तरीय संवाद मार्फत छलफल गरि मन्त्रालयको तर्फबाट संसदमा छलफलको लागि पेस हुने आयोजकले जनाको छ । विधेयक पास भएपछि दलित अधिकारको सवालमा विभेद अन्त्यको लागि महत्त्वपूर्ण उपलब्धि हुने र विभेद मुक्त प्रदेश निर्माण अभियानमा यसले विशेष भुमिका हुने सहभागी र दलित अधिकारका अभियन्ताहरूले अपेक्षा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार