मिक्लाजुङकी जुनु लावती ५० हजार नगदसहित सम्मानित

  युद्धबहादुर बोहोरा
1.5k Shares

 

पाँचथरः जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनु कुमारी लावती नगद ५० हजार रुपैंयासहित सम्मानित भएकी छिन् ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ विराटनगरमा सोमबार आयोजित प्रदेश स्तरीय उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा उनीसहित १४ जिल्लाका २८ उद्यमी महिला सम्मानित भएका हुन् ।

“महिलाको सम्मान,सभ्य समाजको पहिचान” भन्ने नाराका साथ सामाजिक विकास मन्त्रालयले प्रदेश भरका सबै जिल्लामा महिलाका नाममा घरेलु कार्यालयमा दर्ता भइ उत्कृष्ठ ढंगले निरन्तर संचालनमा रहेका उद्योगलाई मन्त्रालयले जारी गरेको मापदण्ड पुरा भएको आधारमा हरेक जिल्लाका दुई वटा उद्योगलाई सम्मान गरेको हो ।

लावतीसंगै पाँचथरबाट फिदिम नगरपालिका ८ नम्बर वडामा संचालित  त्रिशक्ति दुग्द तथा ललिपु उद्योगको संचालिका दिकी शेर्पा पनि सम्मानित भएकी छिन् ।

मिक्लाजुङ १ मा २०६८ सालदेखि माङ्पाहाङ लावती कृषि उद्योग संचालन गर्दै आएकी लावती कृषि उद्योगमा आवद्ध रहँदै सफल उद्यमीको रुपमा स्थापित भइ अन्य महिलालाई समेत उद्यमी/व्यवसायी बन्न अभिप्रेरित गर्ने सराहनीय काम गरेकोमा सम्मान गरेको मन्त्रालयले जनाएको छ ।

उक्त सम्मान सामाजिक विकास मन्त्री राजन राई सहित राज्यमन्त्री विष्णु तुम्वाहाम्फे,मन्त्रालयका सचिव दिर्घ राज मैनाली लगायत महाशाखा प्रमुख समेतले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार