इलामः दुवै मृर्गौला खराब भइ खर्च अभावका कारण घरमै थलिन बाध्य भएका इलामे कलाकार राजु किसोर आले उपचारको पर्खाइमा छन् । इलाम नगरपालिका पूर्ख्यौली घरभइ हाल काठमाण्डौमा बसोबास गर्दै आएका ५० वर्षीय उनी तीन महिनादेखि मृर्गौलाको समस्यबाट ग्रसित छन् ।
काठमाण्डौको वीर अस्पतालका चिकित्सकले उनको नयाँ जीवनका लागि दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएपछि परिवार अहिले उपचार खर्चको खोजीमा भौतारिरहेका छन् । उनको उपचारमा करीब २० लाख रकम लाग्ने जनाइएको छ ।
उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका हुन् । वीर अस्पतालमा डायलसिस गराइरहेका उनको स्वास्थ्यमा थप जटिलता आउँन नदिन प्रत्यारोपण जति सक्दो छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगको हारगुहार गरेका हुन् । गायन र तवेला बाधकको पेशाबाट घरायसी दैनीकी चलाउँदै आएका आलेको परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि परिवारलाई ठुलो संकट आइपरेको छ । उनका पत्नी र एक छोरा एक छोरी छन् । उनको उपचारको लागि हालसम्म अमेरिका र हङ्कङबाट करीब तीन लाख रुपैंया उपलब्ध भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनलाई संकट परेका बेला इलाम विकास समाज काठमाडौंले आर्थिक सहयोग गरिदिन अपिल गरको समाजका सदस्य गायक तथा संगीतकार डेनी निरौलाले जानकारी दिए । समाजको अगुवाइमा पहल थालिएको हुँदा इच्छुक महनुभावले समाजका अध्यक्ष राधेश्याम लेकाली र नुनिता लुइँटेल तथा पीडित आलेको मोबाइल नम्बर ९८५१०३८४८४ र ९८५१०५९३५४,९८५११३४०९३,९८४९१३४२५८ मा सम्पर्क गरि राजु आलेका नाममा लक्ष्मी बैंक, हात्तिसार, काठमाडौंको खाता नम्बर 00540026732 Savings NPR मा रकम जम्मा गरि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।