एमाले अध्यक्षमा बस्‍नेत, उपाध्यक्षमा राई, सचिवमा गुरुङ र उपसचिवमा सुवेदीको अग्रता कायमै

  नयाँ बुलन्द
714 Shares

इलाम : नेकपा एमाले इलामको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्षमा महेश बस्नेतले निरन्तर अग्रता लिएका छन् ।

२ सय ६६ मत गणना गर्दा अध्यक्षका उम्मेद्वार महेश बस्नेतले ३ सय ३८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी डा. देवी क्षेत्री दुलालको ३८ मत मात्र प्राप्त गरेका छन् ।

उपाध्यक्षमा उदयबहादुर राईले ३ सय मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी याम अधिकारीले ६८ मत पाएका छन् ।

सचिवमा उमेश गुरुङले २ सय ६६ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी प्रकाश अधिकारीले १ सय ७ मत मात्र पाएका छन् ।

त्यसैगरी दुई जना उपसचिव पदका लागि भएको निर्वाचनमा रविन्द्र अधिकारीले २ सय १७ मतका साथ अग्र स्थानमा छन् । उनलाई विष्णुमाया आचार्यले १ सय ३९ मतका साथ पच्छ्याइरहेका छन् । त्यसैगरी छवि श्रेष्ठले १ सय २५,  रमेश राईद्ये ९१, सन्तराम योङहाङले ६८ र नरेश तामाङले ४५ मत पाएका छन् ।

एमालेको दशौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७ सय ६३ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार