कांग्रेस इलाम : डम्बर खड्का जितको नजिक

  नयाँ बुलन्द
4.4k Shares

इलाम : नेपाली काङ्ग्रेस इलामको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले १२० मतको अग्रता बनाएका छन् । १३ सय मतगणना गर्दा खड्काले ७ सय ५मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी भेषराज आचार्यले ५ सय ८५ मत मात्र पाएका छन् ।
खड्का सस्थापन पक्षमा उम्मेदवार हुन् भने आचार्य सस्थापनइतरका हुन् । खड्कालाई सस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र सस्थापन पक्षकापूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।
एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।
पदाधिकारीको मतपरिणाम
डम्बर खड्का              =७०५
भेषराज अाचार्य        =५८५
उपसभापति :
होम दुलाल                 =५३६
केदार थापा                 =५५३
खगेन्द्र देवान               =६५६
बिण्णु कुमारी दाहाल    =५९३
सचिव:
हुकुमलाल थेवे             =५२९
निरोज खड्गी              =५८३
पूर्ण प्रसाद गौतम         =६४४
बिण्णु कार्की (हेम)       =५५२
सह- सचिव:
डालाकुमारी कार्की       =६६०
प्रबिणा राई                  =४७७
देब्रेन्द्र सुवेदी                =५८८
चक्र एक्तेन अभिषेक     =५०३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार