कांग्रेस इलाम : सभापतिमा खड्काले मतान्तर बढाउँदै (हेर्नुहोस् कसको मत कति?)

  नयाँ बुलन्द
1.8k Shares

इलाम : नेपाली काङ्ग्रेस इलामको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले ७० मतको अग्रता बनाएका छन् ।  ८ सय मतगणना गर्दा खड्काले ४ सय ३३ मत प्राप्त गरेका छन्  । उनका प्रतिष्पर्धी भेषराज आचार्यले ३ सय ६३ मत मात्र पाएका छन् ।

खड्का सस्थापन पक्षमा उम्मेदवार हुन् भने आचार्य सस्थापनइतरका हुन् । खड्कालाई सस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र सस्थापन पक्षकापूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।

एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।

हेर्नुस् पदाधिकारीको मतपरिणाम :
सभापति :
१. डम्बरबहादुर खड्का : ४३३ मत
२. भेषराज आचार्य : ३६३ मत
उपसभापति :
१. केदार थापा : ३३८ मत
२. खगेन्द्र देवान : ३९६ मत
३. विष्णुकुमारी लिम्बू दहाल : ३५३ मत
४. होमप्रदाद दुलाल : ३४९ मत
सचिव :
१. निरोज खड्की : ३६५ मत
२. पूर्णप्रसाद गौतम : ४०६ मत
३. विष्णु हेमकुमार कार्की : ३३७ मत
४. हुकुमलाल थेबे : ३२२ मत
सहसचिव :
१. चक्र एक्तेन (अभिषेक) : ३०६ मत
२. डालाकुमारी कार्की : ४२१ मत
३. देवेन्द्रकुमार सुवेदी : ३६२ मत
४. प्रविना राई : २८८ मत
त्यसैगरी २२ जिल्ला सदस्य, एक महाधिवेशन प्रतिनिधि (अपाङ्गता कोटा) र १४ महासमिति सदस्यको समेत मतगणना भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार